हामी भिडमा आयौँ ।

0
138

शुभ समय,

पछिल्लो समय, नेपाली पत्रकारिता जगतमा भिन्न अस्तित्व र प्रभाव जमाउन सफल अनलाईन पत्रिकाको संख्या बढ्दै गइरहेको छ । संख्यात्मक र गुणात्मक हिसावले केही आलोचना र विवेचनाको घेरामा रहेपनि, अनलाईन पत्रिकाले नेपाली पत्रकारिता क्षेत्रमा छोटो समयमा प्राप्त गरेको उचाई, प्रभाव र योगदानलाई नजरअन्दाज गर्न सकिन्न्। मुलुकमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढेसंगै खबर प्रकाशनको प्रभावकारी माध्यम बनेको अनलाईन पत्रिकाको संख्या बढ्दै गएको छ । तर आकंडामा अनलाईन पत्रिकाको संख्या वृद्धि भएपनि, गुणात्मक प्रभाव र योगदानका बारेमा पाठक वर्गमा मत भिन्नता पाइन्छ । सोझो भाषामा भन्दा नेपालमा स्रोतको पहुँच भएका क्षेत्रमा अनलाईन माध्यमको उपलब्धता र उपयोगिताका सन्र्दभमा धेरै शब्द खर्चनु आवश्यक छैन । तरपनि, उद्देश्य, विषयबस्तु र प्रस्तुतिका हिसाबले, केही समानता र फरकपनका साथ संचालनमा रहेका यस्ता अनलाईन पत्रिकाको भिडमा एउटा अर्को नाम थपिनु कुनै नौलो विषय नहोला । तर पत्रकारिताको मुल मर्म र धर्मलाई आत्मसाथ गर्दै, मुलधारका वा विकाउ विषयबस्तुको भिडभाड भन्दा परको विषयबस्तु उठाएर यो धर्ति, समाज र आम पाठकप्रति केही हदसम्म उत्तरदायी बन्ने कोशिसका साथ रेस्पोन्सिबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि तपाई माझ www.ecosamachar.com लिएर आएको छ। पर्यावरण संरक्षण र विपत् न्युनीकरणमा केन्द्रित हुदै, वातावरण, दिगोविकास र विपद् न्युनिकरणका विषयमा विशेष अनुभव संगालेका विज्ञ र अनुभवी संचारकर्मीको योगदान र ईच्छाशक्तिले नेपालको वातावरण र विपत् न्युनीकरणमा आमपाठकलाई सुसुचित र जीम्मेवार बनाउनु यसको पहिलो उद्देश्य हो । यो संगै मूलत वातावरण र विपत् न्युनीकरणमा व्याप्त समस्याको उजागर, तिनको न्यूनीकरण, विभिन्न सरकारी निकाय वा संघ संस्थाले गरेका पहलकदमीलाई सकारात्मक आलोचनासहित उचित स्थान दिनु हाम्रो कर्तब्य हुनेछ । रेस्पोन्सिबल मिडिया एण्ड रिसर्च सेन्टर प्रा. लि. ले सामाजिक दायित्वलाई अनुभुत गर्दै मुलुकको परिधिमा तपाई हामीले सधैँ पढ्ने, हेर्ने वा सु्न्ने राजनीतिका समाचार, अपराध, आर्थिक पाटो वा अन्य समाचारभन्दा फरक, मानवको स्वास्थ्य सगँसगै प्रत्यक्ष वा परोक्ष रुपमा धेरै क्षेत्रमा असर पुर्याएको वातावरण र विपतका विषयहरुलाई महत्व दिएको छ । उच्चतम संचार प्रविधिको प्रयोग गर्दै आमसंचारको क्षेत्रमा दैनिकजसो प्रेसक र प्रापक भूमिका निरन्तर निर्वाह गर्ने हामी आम नेपालीलाई यस्ता विषयहरुका बारेमा पनि जानकारी हुनु आवश्यक छ । आधुनिक समयमा एकतर्फि संचारको अभ्यास भईरहेको अवस्थामा www.ecosamachar.com नागरिकको समान र सक्रिय सहभागिता सहित दुईतर्फि संचारको अपेक्षा गरिरहेको छ । हाम्रा लागि समाचारका विषयवस्तुहरु सिमित क्षेत्रका असिमित समस्याहरु छन् । पत्रकारिता मार्फत समाजलाई सुसूचित गर्ने हाम्रो व्यवसायीक धर्ममा किमार्थ सम्झौता गर्ने छैनौ । हामी पात्र, प्रवृत्ति वा दल विशेष भन्दापनि सामाजिक न्यायका सिद्धान्त अनुरुप आफ्ना कर्मलाई क्षमताको डोरीले अगाडि लैजानेछौ । प्रत्येक नागरिकको, यो समाज र वातावरणप्रति आफ्नो दायित्व अनुभुती गराउनु हाम्रो पहिलो जीम्मेवारी हो । तसर्थ नागरिकका कोणबाट विषयवस्तुको उठान र त्यहिँबाट समाधान खोज्ने यो अभियानमा यहाँको साथ, सहयोग र शुभेच्छा प्राप्त हुने कुरामा हामी विश्वस्त छौ र त्यो नै हाम्रो धरातल हो । तपाईका जिज्ञासा, गुनासा र सल्लाह सहि बाटो पहिल्याउने मार्गदर्शन हुन, त्यसैले हामीलाई ecosamachar@gmail.com पठाउनुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here