नागरिक चेतनाको उच्चतम नमूना, बागमती नदी सरसफाई अभियान

0
2269
Photo: ecosamachar

बागमती नदी सरसफाई अभियानले २८० औ हप्ताको सरसफाई सम्पन्न गरेको छ । शनिवार काठमाडौको मिन भवन नजिकै महादेवस्थान पुल स्थित श्रीनगर टोल छेउको नदी किनारामा अभियन्ता, नेपाली सेना सशस्त्र प्रहरी, नेपाल प्रहरी, नागरिक समाजका प्रतिनिधि, निजामती कर्मचारी, राजनीतिककर्मी , नीजि क्षेत्रका प्रतिनिधि र विभिन्न संघ संस्था लगाय तको उपस्थितीमा फोहर संकलन र नदी सरसफाईको काम गरिएको हो । २०७० साल जेठ ५ बाट निरन्तर रुपमा सामाजिक काममा प्रेरित नागरिक र अभियन्ताहरुको समूहले यसलाई सफल बनाएका हुन् । बागमती नदी छेउको दुर्गन्ध र प्रदुषणमा धेरै कमी आएको स्थानीयहरु ब्ताउछन् ।

उनीहरुले करिब दुई वर्षको अन्तरालमा व्यापक सुधारको अनुभुती गरेका छन् ।
यस अभियान २८० औ हप्तामा सम्म आईपुग्दा काठमाडौ शहरको सभ्यता र शौन्दर्यतासगँ साथसाथै नागरिकको स्वास्थ्यसगँ प्रत्यक्ष सरोकार रहेको विषय बनेको छ । विगतका नदी किनार क्रमिक रुपमा उद्यानमा रुपान्तरित हुन चालेका छन् ।

Photo: ecosamachar

केहि समुहको शुरुवाती सोच र धेरै नागरिकको समर्पण र मेहेनतले बागमतीले यो रुप धारण गरेको अभियान्ता एवं नेपाल सरकारका पूर्व सचिव किशोर थापाले बताउनुभयो । उहाँले राज्यको अधिकार प्राप्त जीम्मवार निकायको अझ बढी साथ रहेमा नमूना शहर र सफा नदी किनारा बनाउन सम्भव रहेकोमा जोड दिनुभयो ।

बागमती नदी सरसफाईका हरेक हप्तामा नदी भित्रै पसेर फोहोर तान्दा नेपाली धर्ती र बागमती नदीप्रति सच्चा मनले सेवा गर्न पाउदाँ केहि घिन नलाग्ने अभियन्ता उमेश बोहराले जानकारी गराउनुभयो । नेपाली सेना सशस्त्र र नेपाल प्रहरीका टोलीसगँै नदी भित्रबाट फोहर निकाल्दा छुट्टै आनन्द र अनुभुती प्राप्त हुने उहाँले बताउनुभयो ।

Photo: ecosamachar

प्रत्येक मानिस जीवन धान्नका लागि आफ्ना काममा सधैँ व्यस्त रहने तर सामाजिक काममा संलग्न कम हुनेलाई बागमती नदी सफाई अभियानले नयाँ पाठ पढाएको अभियनता एवं हलेसी डेकोरका प्रवन्धक हेमराज कार्कीले बताउनुभयो । आफुले नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै आएको र विगतका समयमा सरसफाई गर्ने माक्स र पंजा समेत नभएको क्षण स्मरण गर्दै उहाँले यो साझा अभियानमा सबैलाई संलग्न हुन आग्रह गर्नुभयो । यो वागमती केवल नदी मात्र नभई धर्म, संस्कृति र सभ्यतासगँ जोडिएकाले पनि आफ्नो संस्था प्रत्येक हप्ता उपस्थित हुने गरेको जानकारी गराउनुभयो ।

सरसफाई र वातावरण संरक्षणका विषय कुनै पात्र, प्रवृत्ति र राजनीतिक दल केन्द्रित भन्दापनि सबै नागरिकको साझा विषय बनेकोले यसमा सर्मपण सहितको सहभागिता आवश्यक रहेको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्ण् रामतपस्या कुमार साहले बताउनुभयो । उहाँले बागमती नदीको विषयमा र राजधानीमा बढ्दै गएको प्रदुषणको सम्बन्धमा चिन्तित भन्दा सुधारात्मक काममा लाग्न सबैलाई प्रेरित गर्नुभयो ।

Photo: ecosamachar

बागमती नदी सरसफाई अभियान दातृ निकायको प्रायोजीत काम नभई प्रत्येक जीम्मेवार मन र नेपाली पन भएका मुलुकभरका नागरिकको साझा अभियान रहेकाले नदीको सुधार सगँसगै परिवर्तन हुनेमा आफु विश्वस्त रहेको अभियन्ता डा. राजु अधिकारी बताउनुभयो ।

Photo: ecosamachar
Photo: ecosamachar

विकासका क्षेत्रमा महिला सहभागिता आवाश्यक रहेको प्रसंग बताउदै सशस्त्र प्रहरी परिवार महिला संघकी सचिव सरस्वती पाण्डेले आफ्नो संस्थापनि बागमती सफाई अभियानमा संलग्न रहेको बताउनुभयो । सामाजिक काममा संघले अग्रसरता लिदै बागमती सरसफाई अभियानमा प्रत्येक महिनाको पहिलो हप्ता करिब ६० जनाको समूह क्रियाशिल रहेको छ ।


बागमती नदीको सरसफाई र संरक्षणमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्राविधिक रुपमा सहयोग गर्दै आईरहेको माला खरेलले बताउनुभयो । यो संस्थागत काम भन्दापनि व्यक्तिगत अनुभुती र सहयोगको भावनाले आफु आउने गरेको उहाँको भनाई थियो ।

Photo: ecosamachar

फोहरमैला व्यवस्थापन र नदी सरसफाई अभियान निश्चित संस्था, व्यक्ति र स्थानीयवासीहरुको प्राथमिकता मात्र नभई सबै नेपालीले त्यसको लागि समय व्यवस्थापन गर्नुपर्नेमा अभियान्ता चन्दा बिडारीले बताउनुभयो । सामाजिक कामप्रतिको लगावले गर्दा बागमती नदी सरसफाई अभियानमा उपस्थित हुने गरेको उहाँको भनाई थियो ।

Photo: ecosamachar

यसै गरि संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै मुक्तिनाथ विकास बैकले पनि प्रत्येक हप्ता बागमती सरसफाई अभियानमा संलग्न हुने गरेको संचालक नारायण बहादुर श्रेष्ठले बताउनुभयो ।

Photo: ecosamachar

बागमती नदी सरसफाई अभियान २८० औ हप्तासम्म आईपुग्दा सामाजिक समर्पंणको राम्रो नमुना पेश गरेको छ । नदी क्षेत्रमा देखिएको फोहर हटेसगँै स्थानीयवासीहरुको सर्मपण र प्रतिवद्धताले यसलाई निरन्तरता दिने अभियान्ताहरुले विश्वास लिएका छन् । सामाजिक काममा मुलुकको युवा शक्ति र उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै सरसफाईको अत्यन्त सफल नमूना अभियान बनाउन अभियन्ताहरुले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here