सडकमा बजेटः जनताको आवश्यकताले कहिल्यै मागेन तर डोजरले मागिरह्यो ।

0
4348

सरकारको विकासका योजना तय गर्दा नागरिकका आवश्यकता अनुरुप पूरा गर्नुपर्ने हुन्छ । संघियताको अभ्याससँगै प्रशासनिक र व्यवहारिक रुपमा केहि खुकुलो महसुस भएको छ । नेपालका विभिन्न जिल्लाहरुमा स्थानीय निकायले गरेका विकासका आयाम र प्रणालीले वातावरणीय रुपमा नकारात्मक प्रभाव पार्दै आएका उदाहरणहरु हामी माझ सार्वजनिक भएका छन् । यसै सन्र्दभमा नेपाल सरकारको विकासको ढाचाँ र वातावरणीय प्रभावलाई निजामती सेवामा रहेर करिब ३० बर्षदेखि सुक्ष्म रुपमा अध्ययन गरिरहनु भएका एक पात्र हुनुहुन्छ, चक्रपाणी शर्मा । दीघो विकासका अवधारणाका जानकार शर्मा जिरी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रुपमा हासिल भएका अनुभव र योजना कार्यान्वयन गरेको विषयमा ईको समाचारको टोलीसगँ गरिएको कुराकानीको सम्पादित अंश ।

नेपालमा संमृद्धिको चर्चा र विकासका अवधारणालाई कसरी लिईएको पाउनुहुन्छ ?
हेर्नुस, मुलुकको बहुहायामिक क्षेत्रहरुमा सकारात्मक परिवर्तनको अपेक्षा हामी सबैले गरेका छौ । यसमा स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्मको भूमिका र जीम्मेवारी फरक रहेको छ । नागरिकका अपेक्षा अनुसारको काम गर्न हामी लगायत राज्यको संयन्त्र तत्पर रहेका छौ । विकासका सन्र्दभमा हाम्रो बुझाई र सोच फरक रहेको छ । विकाशिल राष्ट्रहरुका सन्र्दभमा धेरै मानिसका लागि पूर्वाधार निर्माणनै विकास हो भन्ने छ । अन्य विकासका मापदण्ड र वातावरणीय तत्वहरुलाई थाती राखेर सडक सञ्जाल निर्माणमा जोड दिनुपर्छ भन्ने बुझाई धेरैको रहेको छ । सामान्य नागरिकको मनस्थितिमा पनि घर वा जमिन नजिकसम्म बाटो लैजान पर्छ चन्ने भावनाले हर सम्भव कामहरु गरिरहेका हुन्छन् । नागरिकको आवश्यकतालाई कम गर्दै सडकको प्राविधिक पक्ष कहिल्यै हेरेनौ केबल ट्रयाक खोल्न तत्पर रहेको पाएको छु ।

विकासका सूचक या मापदण्ड के के हुन ?
विकास आफैमा सापेक्ष र निरपेक्ष कोणबाट हेरिनुपर्छ । नेपालका सन्र्दमा पूर्वाधार सगसगै आर्थिक, राजनीतिक, भौतिक, सामाजिक र मनोवैज्ञानिक कोणबाट विभिन्न आधार बनाई हेर्नुपर्ने हुन्छ । हामी बनाउने बन्ने र देखिने कुरालाई मात्र विकास भन्न थाल्यौ । थोरै पैसाले सबै गाँउका वडामा बाटो बनाउन कसरत गर्यौ । हरेक क्षेत्रका बजेट मिलेसम्म रकमान्तर गरेर सडक संजाल निर्माणमा खर्च गर्ने, त्यँहा प्राविधिक चाहिन्न, ईन्जिनियर छैन, डोजरका भरमा सडक बनाउदै गयौँ अनि त्यस्ता बाटोले दुर्घटना निम्त्याउदा जिम्मेवारी कसले लिने ?

अब स्थानीय तहले कसरी व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ ?
सिंहदरबारको अधिकार जनताको घरघरमा भन्ने नारा दिएर जनप्रतिनिधिहरुले भोट माग्नु भएको थियो । उहाँहरुसगँ नागरिकका धेरै सपना, अपेक्षा र अनि जिम्मेवारी पनि छन् । विकासको मुल फुटाउने अभियानमा लागिरह्दा भोलिका दिन, कामका परिणाम र सम्भाव्यता अध्ययन गर्नु आवश्यक रहन्छ । सडक सञ्जालका माग बढेका छन् । वातावरणीय पक्षमा खासै संवेदनशिल रहेको पाईदैन । हिजो निश्चित योजनाविना बनाईएका सडकले आज प्रकोप र विपत् सृजना गरेका छन् । विकासका कुरा वा काम गर्दा निश्चित व्यक्ति वा झुण्डको माग सम्बोधन गर्न भन्दापनि दीर्घकालीन रुपमा बहुसंख्य नागरिकको हित कसरी हुन्छ भन्ने हेर्नुपर्छ ।
सञ्चार माध्यममा दैनिक जसो प्रकोप, विपत् र सडक दुर्घटना खबर आएका छन् । वातावरणमा प्रदुषणको मात्रा बढेको छ । यसले गर्दापनि विपत् पात्र, प्रवृत्ति वा दल विशेष आउने नभएकाले सावधानी अपनाउनु आवाश्यक छ । यसै अवस्थामा सरकार र सम्बन्धित नेतृत्वले विवेकको राजनीति गर्दा राम्रो हुन्छ । असिमित चाहना पूरा गर्ने माग राख्नु भन्दा नागरिकले आफ्नो मागको धरातल र यर्थाथता हेर्नु आवाश्यक छ । वातावरण हामी सबैका लागि भएकाले पनि यसको स्वच्छता र शौन्र्दयता कायम गर्न तप्पर हुनुपर्ने देखिन्छ ।

वातावरणीय प्रभावका सम्बन्धमा यहाँको धारणा के हो ?
विकासका गतिविधिले वातावरणीय तत्वहरुलाई केहि न केहि रुपमा असर पारिरहेका हुन्छन् । तर त्यसको मात्रा कति र कस्तो प्रभाव भन्ने हामील ख्याल गर्नुपर्छ । अहिले बायु प्रदुषण गराउने तत्वहरु बढेका छन्, पानीका मुहान सुकेका छन्, पृथ्वीको तापक्रम बढेको छ, जलवायु परिवर्तनले कृषि पशुपालन हावापानी लगायतका क्षेत्रमा असर पारेको छ । मानिसहरुले यसको प्रभाव र असरलाई अझै गम्भिर रुपमा लिएका छैनन् । अहिले पानीका मुहान सुकेका छन्, हिमालमा हिँउ कम छन्, सुख्खा पहिरो र बाढीको प्रभावहरु देखिएका छन् । यो विकराल स्थिती आउनुपूर्र्वको संकेत हो र पनि हामी यस्ता विषयमा कत्तिपनि चिन्तित छैनौ ।

विकासका आयाममा वातावरणका मुद्धा किन चर्चित हुन्छन् तर कार्यान्वयन हुदैनन् ?
विकासको आयामनै यथावस्थामा हुने परिवर्तन हुन् । केहि विकासका कामले वातावरणमा सहयोग र केहिले ह«ास गरेको हुन्छ, त्यो प्राकृतिक न्यानको सिद्धान्त पनि हो । हामीले औसतमा वातावरणीय तत्वमा फाईदा कि बेफाईदा भन्ने चाहि हेर्नुपर्ने हुन्छ । विकासका कामहरुले वातावरणीय तत्वको संवेदनशिलतामा पार्ने प्रभावका विषयमा केहि साझा मापदण्ड बनाउनुपर्ने हुन्छ । भौगोलिक र आर्थिक हिसाबले विभिन्न स्थानीय सरकारले लागु गर्न सक्छ । हामीले यस्ता विषयमा सभा, वैठक, कार्यशाला गरेर नीतिमा धेरै काम गर्यौ अब ब्यवहारिक रुपमा कार्यक्रम सहित कार्यान्वयन गर्नु आवश्यक छ । वातावरणीय संवेदनशिलता हुने मापदण्ड केन्द्रीय सरकारले विज्ञ मार्फत निर्माण गरि स्थानीय तहमा प्रवाह गर्नुपर्छ । नागरिकलाई सडक, विद्युत, विद्यालय वा अन्य आधारभुत आवाश्यकता व्यवस्थापन न्यायोचित रुपमा गर्न आवाश्यक छ ।

वातावरण र मानव स्वास्थ्यविचको सम्बन्ध र हालको अवस्था कस्तो पाउनुहुन्छ ?
धेरै मानिसलाई वातावरण भन्नाले हावा, पानी र माटो मात्र हुन् भन्ने अनुभूति हुने गरेको छ । यी तत्वहरुको गुणस्तरको कुरा गर्नु हुन्छ भनेपनि एकाध ठाउँ बाहेक सबैमा समस्या छन् । राजधानी लगायत अन्य शहरी क्षेत्रको अवस्था त धेरैलाई थाहा नै छ । यससगै हामीले खाने खाद्यान्न र तरकारीहरुमा जुन परिणाममा विषादी मिसाईएका छन् त्यसले झन् स्थिती गम्भिर भएको छ । मानिसहरु व्यापारमुखी ज्यादै भए यसमा स्थानीय सरकारले ध्यान दिनुपर्छ । वातावरणीय तत्वहरुमा भईरहेको ह«ासलाई कमि गर्न सबै ७५३ स्थानीय तहले मापदण्ड बनाएर योजना तर्जुमा गर्दै विशेष कदम चाल्नुपर्छ ।

प्रसंग जिरी नगरपालिकातिर लैजान चाहे, कस्तो विकासका काम र वातावरण विचको सन्तुलन ?
जिरी आफैमा पृथक भौगोलिक स्वरुप, हावापानी, वातावरण भएको नगरपालिका हो । यसलाई नेपालका स्वीजरल्याण्ड भन्नुको पछाडि धेरै कारणहरु रहेका छन् । अहिले सबै नगरवासी र सरकारी संयन्त्रको विशेष अभियाननै क्लिन जिरी, ग्रिन जिरी र अग्र्यानिक जिरी रहेको छ । सरकार लागि हरेक कोण र तहबाट काम गरिरहेका छौ । म मन्त्रालयमा रहदाँ पनि वातावरण महाशाखामा काम गरेको र थुप्रै ऐन कानुन बनाउँदा प्रत्यक्ष रुपमा सहभागी भएको हिसाबले पनि थप सन्तुलित र व्यवस्थित बनाउन प्रतिवद्ध छु । हिजो नीति निर्माणको तहमा थिएँ अहिले कार्यान्वयन गर्ने जीम्मेवारी पाएको छु आशा छ मेरो कार्यकालमा वातावरणीय हिसाबले केहि राम्रा उपलब्धी हुनेछन् ।

क्लिन जिरी, ग्रिन जिरी र अग्र्यानिक जिरी यो नारा कि यर्थाथता ?
यो सामान्य अवस्थामा सुनिदा नारा जस्तो लाग्ला तर म गत फागुनमा जानु पूर्वनै त्यहाँका नगर प्रमुख लगायतको समितिले यस्तोे अवधारणा राखेर अगाडि बढ्नु भएको थियो । म आफैलाई पनि वातावरणमैत्री प्रशासक भएर काम गर्न मन पराउछु । त्यसैले पनि सम्पूर्ण नगरवासीबो साथ सहयोग र सक्रिय सहभागिता रहेमा यो निकट भविष्यमानै पूरा गर्ने अठोट लिएका छौ । सम्भवत यो नारा र जिरीमा हुने परिवर्तनले आन्तरिक पर्यटक प्रर्वद्धनमा टेवा पुर्याउदा अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्छ भन्नेमा विश्वस्त छु ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here