विभाग त हो तर कानुनी अधिकार खोई ?

0
1427

नेपालको केन्द्रीय राजधानीसगैँ अन्य शहरहरुमा वातावरणीय प्रदुषण बढीरहेको छ । आम नागरिकका दैनिकी तथा स्वास्थ्य गम्भिर समस्या देखापरेका छन् । उपत्यकामा भईरहेको पूर्वाधार निर्माण र विकासका काम थालनी गर्दा वातावरणीण प्रदुषण न्युनीकरणमा ध्यान दिईएको खासै पाईदैन । चक्रपथ निर्माण होस् वा मेलाम्ची खानेपानी आयोजनाले भत्काएका सडकका दुरावस्थाको हामी जानकार छौँ । वातारणीय तत्व हावा, पानी, जमिनका न्युनतम मापदण्ड एकातिर छन् तर अवस्था अर्कै रहेको छ । स्थानीय सरकार जनताका दैलौमा सेवा पुर्याउछु भनिरहदा चोक चोकमै फोहरका पहाड बनेका छन् । ईको समाचारको टोलीले यस्तै विषयमा नेपाल सरकारको एक आधिकारिक निकाय, वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीसगँ गरिएको कुराकानीको सम्पादित अंश ।

हाम्रो पहिलो प्रश्नको जवाफ नागरिकको रुपमा उत्तरको अपेक्षा गर्छौ, उपत्यकाको वातावरण प्रदुषणमा तपाई चाहि कत्ति चिन्तित हुनुहु्न्छ ?
म आफुपनि यो शहरको नागरिक हुँ र मलाई पद प्रतिष्ठा भन्ने चिज अस्थाई हुन् जस्तो लाग्छ । यद्यपी सरकारी सेवामा प्रवेश गरेसगैँ यो राज्यले दिएको जीम्मेवारी पूरा गर्ने थलो हो । वातावरण प्रदुषणका कारण र असरका बारेमा हामी सबै जानकारनै छौँ । म लगायत सबै नागरिकहरु यसबाट पिडित बन्नु भएकोे छ । हामी यसको गुणस्तर कायम गराउन तत्पर छौँ ।
तपाई शहरमा हिड्दा माक्स प्रयोग गर्नुृहुन्छ ?
गर्छु ।

कस्तो लाग्छ ? यो मैले नेतृन्व गरेको संस्थाको पनि दायित्व हो भन्ने लाग्दैन ? संस्था त अमूर्त हुन्छ व्यक्तिको भूमिका के ?
स्वभावीक रुपमा म नागरिक र वातावरण विभाग प्रमुखको रुप दोहोरा भूमिका निर्वाह गरिरहेको छु । हामी मापदण्ड बनाएर विभिन्न समयमा आयोजनाहरु तथा वातावरणको अनुगमन गर्ने गर्छौ । जस अनुरुप आवश्यक सल्लाह र निर्देशन पनि दिएका हुन्छौ । यसमा सबै निकाय, पात्र र संस्थाको सामुहिक ऐजेण्डा बन्नु आवाश्यक छ ।

नागरिकले त भन्ने, आशा गर्ने, आक्रोस पोख्ने वा अनुरोध गर्ने निकाय हो ति न तपाईहरु ?
हो तर हामी वातावरण विभाग मात्रैले यो समस्या हल गर्न सक्दैन । जुन वायु प्रदुषणको प्रश्न तपाईले उठाउनुभएको छ , यसका कारम तत्व धेरै छन् । हामी सरकारी निकाय, साझेदारी संस्था र विकास निमार्ण कम्पनी विचको सहकार्यमा मात्र सफल छ । एकोहोरो रुपमा वातावरण विभागले गरेन भन्नु आफैमा समाधान होईन । पीडामा आक्रोश हुन्छन् तर संयमित भएर विवेकको प्रयोग गर्नुपर्छ । वायु प्रदुषणमा मूलत पूर्वाधार निर्माणका कार्यलृ बढी असर परेको छन् । जुनसुकै विकासका काम गर्दा त्यसलाई वातावरणीय पक्षबाट मूल्याङ्कन गनुपर्र्दछ । सबैले बुझ्नुपर्ने कुरा चाहि यो वातावरणीय पक्ष ऐच्छिक हुनै सक्दैन । सडक निर्माण गर्दा होस, उद्योग कल कारखाना सञ्चालन गर्दा होस्, वा अन्य केहि गर्दापनि वातावरणीय तत्वमा कम असर पर्ने मापदण्ड,तथा प्रविधिहरुलाई आधार बनाउनुपर्छ । अहिले उपत्यकामा धुलो मूलत चक्रपथ निर्माण र मेलम्ची आयोजना लगाायतका कामले बढी भएको जनगुनासो पाएका छौ ।

धेरैले वातावरण विभागको सक्रियतामा कमी आयो भनिरहेका छन् ?
हेर्नुस वातावरण आफैमा साझा विषय हो र यसमा सबैको जिम्मेवार पूर्ण भूमिका रहन्छ । वातावरण विभाग आफ्नो कानुनी धरातलमा रहेर नियमित काम कारवाही गरिरहेको छ । मेरो विचारमा सक्रियता व्यक्तिको ईच्छाशक्ति वा संस्थाको काममा मात्र भएर हुदैन । यसमा कानुनी रुपमा पनि केहि आधार तय भएका हुन्छन् । अहिले विद्यमान व्यवस्था भएको वातावरण संरक्षण ऐन २०५३ र नियमापली २०५४ लाई आधा। मनेर कुरा गर्ने हो भनेपनि त्यसले वातावरण विभागको सन्र्दभमा प्रस्ट आधार बताउन र बनाउन सकेको छैन । जसका कारणले हरेक अनुगमन र काममा हामी कारवाहीका लागि सिफरिस गर्ने हैसियत मात्र राख्दछौ । यसले गर्दापनि हाम्रो कारवाही र कदमलाई फितलो रुपमा लिएको पाउँछु ।

विभागको कानुनी धरातलको आधारमा विकल्प के हुन्छ ?
वातावरण संरक्षण र वातावरणीय तत्वहो गुणस्तरियता कायमा लागि निश्चित कार्यलय, संस्था वा पात्रलाई दिएर समाधान हुदैन । संस्थागत हिसाव र मर्यादाले पनि हामी वा एउटा विभागले तालुक मन्त्रालय वा अन्य मनत्रालयलाई जानकारी मात्र गराउन सक्छ तर निर्देशन दिन सक्दैन । यहाँ मापदण्ड मिचिदा, वातावरणीय तत्वको ख्याल नगदा सिफारिस मात्र गरेर पटक्कै हुदैन । मेरो विचारमा सरकारले सबै मन्त्रालय, विभाग वा अन्य निकायलाई संचालन गर्न सक्ने छुट्टै प्राधिकरणको व्यवस्था गर्नुपर्छ । वातावरण संरक्षण जस्तो विषयमा हल्का ढंगले लिईयो भने त्यसले गम्भिर दुर्घटना निम्त्याउन सक्छ । एउटा अधिकार सम्पन्न निकाय जसले आदेशदेखि समन्वयसम्म गर्न सक्ने हैसियत राख्यो भने बल्ल परिणाममा सुधार ल्याउन सकिन्छ । तसर्थ अबको माग वातावरण हेर्ने प्राधिकरण र छुट्टै ईजालासको हो ।

यसको अर्थ वातावरण विभागले गर्न सक्दैन भन्ने हो ं?
यो वस्तुपरक प्रश्न हो जस्तो मलाई लाग्यो तर हो वा होईन भन्ने पक्षमा म छैन । अहिले हामीसगँ ज्ञान, क्षमता, संंयन्त्र जनशक्ति हुदाँहुदै पनि बलियो कानुनी आधार छैन । यो नै एक प्रमुख कारण हो ।

अब नागरिकले त्यसो भए केहि अपेक्षा नगरौ होईन ?
यत्ति सम्मको निरासा पनि छैन । विभागले विद्यमान कानुनी धरातलमा रहेर आफ्नो नियमित काम गरिरहेको छ । अहिले भर्खरै पनि हामीले उपत्यकाका ४१ वटा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेका छौ । हाम्रा मापदण्डहरुलाई आधार बनाएर हेर्दा त्यहाँको पूर्वाधार फोहर व्यवस्थापनका विषयलाई हेरेको छौ । त्यसमा केहि सस्थाहरुको फोहर व्यवस्थापनको पक्रिया र ढाचाँ अत्यन्त कमजोर भएको र न्युनतम मापदण्ड पूरा नगरेको, फोहरलाई जलाएको,ठोस र तरल फोहर सहि रुपमा व्यवस्थापन नगरेको लगायतका कारणले ध्यानकर्षण गराउदै लिखित जवाफ मागेका छौ । सबै स्वास्थ्य संस्थाका प्रमुखहरुलाई बोलाएर राम्रा कामको प्रशंसासगैँ सुधारात्मक पक्षका बारेमा जानकारी गराएका छौ । हामी छिट्टै फलोअप पनि गर्दैछौ । अन्य उद्योग कल कारखानाहरुको पनि तालिका अनुरुप अनुगमन भईरहेको छ र आवाश्यक कदम विभागले लिएको छ ।
वातावरण सबैको सन्तुलित व्यवहारमा मात्र सफा र स्वस्थ्य हुने भएकाले यस विभागले समुदाय स्तरमा तालिम,, सरोकारवाला निकाय र संस्थाहरुसगँ छलफल कार्यक्रम र नीतिगत तहमा पनि बहस पैरवी गरिरहेको छ । यस्ता सामाजिक विषयका सन्र्दभ र विभागका क्षेत्राधिकारका सम्बन्धमा सहि सूचना प्रवाह गरिदिनु हुन म सञ्चार माध्यमलाईपनि आग्रह गर्दछु ।

सरकारी निकायहरुमा जस लिने तर अपजस नलिने परिपार्टीको विकास भयो नि ?
यहाँले एकाध त्यस्तो पाउनुभयो होला । मानिसका आचरणमा पनि भर पर्छन् । म अरुका सन्र्दमा केहि शाब्दिक टिप्पणी गर्ने पक्षमा छैन । वातावरण विभागका सन्र्दभमा हाम्रो क्षेत्राधिकार र कार्य क्षमताले भ्याएसम्म अन्य निकायसगँ समन्वय र सहकार्य गर्न अग्रसर छौ र त्यो निरन्तर रहनेनै छ । हामीले यातायात व्यवस्था विभागसगँ सहकार्य गरी प्रदुषण नियन्त्रणमा पनि काम गरिरहेका छौ ।

अनुगमन चर्चामा अनि काम कारवाही गुपचुप किन हुन्छ ?
त्यसमा सहमत हुन सकिन्न । हाम्रा सबै कामको निश्चित तालिका र कार्यान्वयनका अभिलेख रहेको हुन्छन् त्यसैले पनि नागरिकको आवश्यकता रहे हामी संचार माध्यमबाट सार्वजनिक गर्न तयार छौ । वातावरणप्रति आम नागरिक र संचार माध्यमको सरोकारको विभाग सम्मान गर्दै यो सामाजिक काममा हातेमालो र सहकार्य गरेर अघि बढ्नुको विकल्प छैन । हामी सबैको अथक मेहेनत र प्रयासले सुधारात्मक कार्यको थालनी गरौँ र म संस्थागत र व्यक्तिगत रुपमा पनि त्यो सम्भावना देखिरहेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here