नगरजन्य फोहरको दीगो व्यवस्थापनका लागि संगोष्ठी सम्पन्न

0
254

नेपालमा फोहर व्यवस्थापन सम्बन्धी नयाँ बहस शुरु भएको छ । विज्ञान प्रर्वद्धनका लागि नेपाल जापान समाज अर्थात एन्जाले संगोष्ठी आयोजना गरी मुलुकमा संघियतामा प्रवेश गरेसगैँ ७५३ वटै स्थानीय निकाय र मुख्य रुपमा महानगरपालिका, उप महानगरपालिका तथा नगरपालिकाहरुलाई फोहर व्यवस्थापनका सन्र्दभमा कार्यक्रम आयोजना गरेको हो । नगरजन्य फोहर व्यवस्थापनमा जापानमा लागु गरी सफल भएका ज्ञान, सिप र नयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्य रहेको संस्थाका अध्यक्ष डा. रिजन भक्त कायस्तले जानकारी गराउनुभयो ।

कार्यक्रम बोल्दै नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलल काठमाडौ उपत्यका लगायत देशकै फोहर व्यवस्थापन समस्या रुपमा रहने गरेकाले वौद्धिक र अनुभवी प्राज्ञहरुको टोलीले दिने प्राविधिक सल्लाह र अनुभवलाई आत्मसाथ गर्दै सरकार सहकार्यका लागि तयार रहेको बताउनुभयो । उहाँले नगर तथा गाउपालिकाका प्रमुखहरुलाई आफ्नो क्षेत्रको फोह। व्यवस्थापन संवेदनशिल भई काम गर्न आग्रह गर्नुभयो । नेपाल र जापानविचको सम्वन्त्र असल छिमेकीका रुपमा रहेको र यस कार्यक्रमले थप उचाईमा पुगेको अनुभुती उहाँले साट्नुभयो ।
कार्यक्रममा जापानको चुओ विश्व विद्यालयका प्राध्यापक डा. सो सासाकीले फोहर मार्फत चक्रिय अर्थ व्यवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । नेपालमा फोहर व्यवस्थापनका सन्र्दभमा जापानका केहि प्रविधि र ढाचाँ उपयुक्त हुने जानकारी दिदै दीघो विकासको लक्ष्य प्राप्त हुन गरि काम गर्न सल्लाह दिनुभयो ।
यसैगरी जापानको क्योटो विश्वविद्यालयकी सह प्राध्यापक मिसुजु असारीले थ्री आर का सम्बन्धमा प्रस्तुती दिदै प्रत्यक नागरिकले आफ्ना जीवनमा फोहर उत्पादनमै कमी ल्याउनुपर्ने बताउनुभयो । उहाँले फोहरको प्रकृति अनुरुप पुनः प्रयोग र पुर्नचक्रिय गर्न मिल्नेलाई संकलन गरी सोहि अनुरुप कम गर्दै लैजान आवाश्यक रहेको बताउनुभयो ।
काठमाडौ महानगरपालिकाको वातावरण विभागका निर्देशक रविन्द्र राईले फोहर व्यवस्थापनमा महानगरको प्रक्रिया, दैनिक कार्य र वर्तमान अवस्थाका बारेमा जानकारी दिनुभयो । उहाँले सन् २००५ मा पाईलट प्रोजेक्टको रुपमा संचालनमा आएको ल्याण्डफिल्ड साईटले करिब १३ वर्ष सम्मको फोहर व्यवस्थापन धानेको तर अब स्थित क्षमता बाहिर गएकाले यसमा सहयागको अपेक्षा राख्नुभयो । उहाँल विकल्पका रुपमा धेरै चर्चामा आउन गरेको बञ्चरे डाडाँमा विभिन्न समस्या सृजना भएर अपेक्षा अनुरुप कार्य अगाडि बढ्न नसकेको बताउनुभयो । फोहर व्यवस्थापनको गम्भिर विषय र त्यसमा पनि ल्याण्डफिल्ड साईट निर्माणमा भईरहेको अलमलले जुनसुकै समयमा हुने भवितव्य ईकिंत गरेको बताउनुभयो ।
ललितपुर महानगरपालिकाको फोहर व्यवस्थापन सम्बन्धमा वातावरण ईन्जिनियर प्रदिप अमात्यले नागरिकमा आएको चेतनालाई सकारात्मक कदम भएको जानकारी गराउनुभयो । नयाँ स्वरुप अनुसार ३६ वर्ग किलोमिटर रहेको ललितपुर महानगरपालिकामा दैनिक ७५ टन फोहर निस्कने आकंडा प्रस्तुत गर्दै त्यसको व्वस्थापनमा महानगर क्रियाशिल रहेको जानकारी गराउनुभयो । हरियो र रातो भाडामा जम्मा भएका फोहरलाई फरक फरक सवारी साधनमा संकलन गन र घरायसी फोहरलाई प्राङ्गगारिक मल बनाई कौशी खेती प्रर्वद्धन गर्ने, विद्यार्थीहरुलाई नेचर क्लब निर्माण गरि क्रियाशिल बनाउने गरेको जानकारी गराउनुभयो । उहाँले सूचना प्रविधिलाई आत्मसाथ गर्दै हाम्रो ललितपुर याप्स मार्फत फोहर संकलन सम्बन्धी विभिन्न जानकारी प्रवाह गरिरहेको बताउनुभयो ।
फोहर व्यवस्थापनमा नयाँ सोच र अवधारणा ल्याउन सम्भव रहेको तर त्यसका निम्ति नागरिकदेखि नेतृत्व तहसम्म यसको मर्म बुझ्न आवश्यक रहेको विज्ञ डा. ढुण्डी राज पाठकले जानकारी गराउनुभयो । नेपालका धेरै स्थानीय तहले फोहर नदी किनारा वा जंगलको छेउमा थूपार्ने गरेको यर्थाथ प्रस्तुत गर्दै फोहरको सहि व्यवस्थापन नहुनाले परेको समस्याका बारेका चित्रित गर्नुभयो । फोहर व्यवस्थापनको विद्यमान अभ्यासका व्यवापक सुधार गरि अन्य स्थानीय तहलाई धनकुटा र वालिङ्ग नगरपालिकाबाट प्रेरित हुन आग्रह गर्नुभयो । विकसित मुलुकका प्रविधि अनुसरण गर्नुपूर्व आफ्नो मुलुकको फोहरको प्रकृति र मात्रा बुझ्न आवश्यक रहेको बताउनुभयो । फोहर व्यवथापन अत्यन्त प्राविधिक विषय रहेकाले यसमा जानकार विज्ञ मार्फत ढाचाँ र प्रणाली विकासमा स्थानीय सरकारले लगानी गर्न आवाश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्राज्ञ, बिश्वविद्यालयका प्रतिनिधि, वातावरणका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि, वातावरण विज्ञानका विद्यार्थीहरुले प्रस्तुत भएका कार्यपत्र माथि आफ्ना धारणा र प्रश्न राखेका थिए । एन्जाले मुलुको संमृद्धि र नागरिकका सरोकारका विषयमा अध्ययन, अनुसन्धानका कार्य संचालन गरी यस्ता कार्यक्रम मार्फत संवद्ध निकायलाई सल्लाह सुझाव दिदै जाने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here