साझाले ल्यायो वातावरणमैत्री बिजुलीबाट चल्ने बस

0
38

साझा यातायातले मंगलबारदेखि बस सञ्चालनमा ल्याएको छ । वातावरणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्दै प्रयोगमा ल्याउने उद्देश्य अनुरुप साझाले ५ वटा बस सञ्चालनमा ल्याएको हो । एक कार्यक्रमकाविच उद्घाटन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले सो बसद्धारा पूल्चोकदेखि सिहदरबारसम्म यात्रा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले  यस्ता बसले वातावरणीय प्रदुषणमा कमि ल्याउनुका साथै वातावरण संरक्षणमा सहयोग पुर्याउने बताउनुभयो । प्रतिघण्टा ७० किलोमिटरसम्म कुद्न सक्ने BYD K9 मोडलको बसमा लगातार २५० किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ । कार्यक्रममा पूर्व सभामुख सुवास चन्द्र नेम्वाङ्ग, काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजन लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here