बागमती बुलेटिनले नागरिकमा सहि सूचना दिने विश्वास

0
79

नेपाल सरकारका शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले प्रकाशन गरेको बागमती बुलेटिन सहि सूचना प्रदान गर्ने बताउनुभयो । समितिले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले बागमती नदीमा लुकेर फोहर फ्याल्ने र ढल मिसाउनेहरुलाई कारवाही गरिने बताउनुभयो । बागमती नदीको सरसफाईमा क्रियाशिल समितिले नदी सरसफाईमा अपेक्षा अनुरुपको लक्ष्य हासिल गर्न अझै गृहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आफु मातहतका निकायलाई नीतिगत तहमा बागमती ऐन ल्याउनका निम्ति गृहकार्य गर्न र सरसफाईको क्षेत्रमा अझ नागरिकलाई क्रियाशिल बनाउन काम गनुपर्ने बताउनुभयो । उहाँले ठोस फोहर र्सकलन र सरसफाईमा सुधार देखिएपनि सिधै ढल राखेर तरल फोहर मिसाउने क्रम रोक्नलाई बागमती ऐनमा कडा कारवाहीको व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद शिंहले हामीले बनाएका विकास निर्माणका पूर्वाधारले गर्दा नदीको बहाव परिवर्तन हुदैँ गएकोमा ध्यानकर्षण गराउनुभयो । उहाँले बागमती नदी सरसफाईमा औपचारिकताका लागि सहभागी नहुन आग्रह गर्दै यसको धार्मिक महत्व र शहरी सभ्यतासगँ जोड्नुभएको थियो । बागमती नदीमा लुकेर फोहर गर्ने र नदीलाई प्रदुषित गराउने कार्य रोक्ने काममा सरकार सहयोग गर्न सचिव शिंहले आग्रह गर्नुभयो ।

बागमती बुलेटिनका सन्र्दभमा बोल्दै समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतले नागरिकलाई सुसुचित गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका विभिन्न गतिविधि सार्वजनिक गर्न सहयोग रहने जानकारी गराउनुभयो । उहाँले विगतमा बनाईएका योजना अनुरुप प्राथमिकताका आधारमा कार्य सम्पन्न भईरहेको र बागमती ऐनमा गृहकार्य भईरहेको जानकारी गराउनुभयो । समितिका कर्मचारीहरुलाई निर्देशन दिदै उहाँले बागमती नदी संरक्षण र सरसफाईका लागि निरन्तर प्रतिवद्ध भएर लाग्न र वातावरणजस्तो संवेदनशिल विषयमा राजनीतिकरण नगर्न आग्रह गनुभयो । उहाँले सामुहिक चाव र सकारात्मक सोचले मात्र सफा र स्वच्छ बागमती रहेकाले सरसफाईमा संलग्न सबैलाई थप उर्जाका लाग्न प्रेरित गर्नुभएको थियो ।

२०७० सालबाट शुरु भएको नदी सरसफाई अभियानले  बागमती नदीको स्वरुप फेरेको र अझ समयानुरुप सोच र प्रविधिको प्रयोग गरि नागरिक समाजको जीवन्त अभियान रहेको आयोजना प्रमुख आशिष घिमिरेले बताउनुभयो । उहाँले नदी किनाराको फोहरसगैँ अव्यवस्थित बस्ती हटाउन सबैको साथ आवश्यक रहेको जानकार िगराउनुभयो ।

 

कार्यंक्रममा बोल्दै समितिका सदस्य वीरेन्द्र प्रसाद थपलीयाले बागमती नदीको सरसफाई अभियान एउटा नमूना कार्य रहेको र यसले देशैभर सरसफाईको लहर ल्याएको बताउनुभयो । समितिले प्रकाशन गरेको बागमती बुलेटिनले विभिन्न गतिविधिको अभिलेख राख्न सहयोग रहेको बताउनुभयो ।

सरसफाई अभियानका सन्र्दभमा अभियन्ताका तर्फबाट आफ्नो विचार राख्दै चक्र बहादुर चन्दले सामुहिक सरसफाईको अभियान बागमती नदी सफा नभएसम्म जारी रहने बताउनुभयो । उहाँले सरकारलाई ठोस कार्यक्रम सहित आएमा अभियन्ता समन्वय र सहकार्य गरि सफा शहर र स्वच्छ बागमती निर्माणमा सबै उर्जा खर्चन तयार रहेको बताउनुयो ।

बागमती बुलेटिनको सम्पादन सदस्य तारा फुयालले समितिले प्रकाशन गरेको बुलेटिन मार्फत आम नागरिकलाई सहि सूचना प्रदान गर्दै सरसफाईका कार्यमा थप जीम्मेवार बनाउन सहयोग पुर्याउने बताउनुभयो । उहाँले समितिले गरेको विभिन्न अध्ययनका आधारमा र फरक फरक क्षेत्रका विज्ञहरुको लेख मार्फत सहि सूचना प्रदान गर्दै सरसफाई अभियानलाई अझ व्यापक रुपमा लैजान सहयोग पुग्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here