img2
फोहर बाल्न त झन् हुदैँ हुदैन ।

हामी प्रत्येकलाई सफा वातावरण चाहिन्छ । हामी आफु बस्ने सेरोफेरो सफा र स्वच्छ रहोस् भन्ने अपेक्षा गर्छौ तर त्यसका लागि आफ्नो भूमिका के भन्ने चाँहि धेरैले भूलेका हुन्छौँ । शिक्षित छौँ, फोहर व्यवस्थापनका धेरै कुरा बुझ्छौ र पनि त्यसको सहि सदुपयोग गर्न सकेनौ भन्ने सबैलाई ज्ञात छ । हाम्रा गाँऊ शहरका फोेहरका विषय सरकार र संसदसम्म छलफल हुने गरेका छन् कि सहज व्यवस्थापन कसरी गर्न सकिन्छ ? धेरैको चर्चा बनिरहँदापनि हाम्रा धेरै फोहर सिसडोल पुग्छन्, यत्रतत्र फ्याकिन्छन् कि त बालिन्छन् । फोहर थुपारेर अनि बाल्ने काम किन हुन्छ ? बालेर व्यवस्थापन, यो कस्तो विकल्प या समस्या भन्ने विषयमा हामीले वातावरणविद् भुपेन्द्र दाससगँ गरिएको कुराकानीको सम्पादिन अंश प्रस्तुत गरेका छौँ ।

हप्ताभरि फोहर घर कार्यलय वा चोकमा थुपारेर राख्यो अनि तालिका अनुसारनै बालेर व्यवस्थापन संस्कार, बाध्यता कि लापरवाही ?
मेरो विचारमा फोहरलाई जथाभावी फ्यालेर वा बालेर व्यवस्थापन गर्नु अल्पज्ञानको गतिलो उदाहरण हो । हामी आफैले विभिन्न स्वरुपमा फोहर उत्पादन गर्छौ भने त्यसको उचित व्यवस्थापनको पहिलो दायित्व हाम्रो हो । अहिले धेरै ठाउँमा फोहर फाल्ने र बाल्ने काम जुन भएको छ यो सरासर गलत हो । व्यक्ति, समाज, सरकार वा अन्य सरोकारवाला निकायले यो बुझ्नु आवश्यक छ । फोहरमैला बालेर न्युनीकरण गर्दा प्राविधिक पक्षमा ध्यान गएको छैन । छिटो व्यवस्थापन गर्न फोहर बाल्ने संस्कार, बाध्यता भन्दापनि लापरवाही हो ।

Source:Das et al., 2018

यत्ती फोहर बालेर के हुन्छ ? एकैछिनमा खरानी भईहाल्छ नि भन्ने जमात भेट्छौ के भन्नुहुन्छ ?
यस्तो केहि पनि नागरिकलाई सोच्नु हुन्छ भने त्यो फोहर बाल्दाको नकारात्मक असर नबुझेको हो । धेरैले क्षणिक सजिलो लागि गर्नुहुन्छ तर त्यो विकल्प होईन् । फोहरको वैज्ञानिक र प्राविधिक पक्षबाट हेर्ने हो भने फोहर बाल्दाखेरी निस्केको धुवाँमा कार्वनडाईअक्साईड, कार्वन मोनोअक्साईड, पिएम २.५, मिथेन, सल्फरअक्साईडजस्ता तत्वहरु निस्कछन् जसले वातावारणमा प्रत्यक्ष असर पारेको हुन्छ । फोहर बाल्दा आएको धुवा वायुमण्डलमा मिसिदा त्यसले मानव स्वास्थ्य र वातावरणमा जलवायु परिवर्तनमा असर पारेको हुन्छ । कार्वन मोनोअक्साईडले मानवको रगतमा हुने अक्सिजनको मात्रा घटाउछ ।

धेरै नेपाली विहान बेलुका चुलोमा काठ दाउरा बालेर धुवामा बसेकै हुन्छन् । उस्तै हो नि धुवा भनेको सुन्छौँ ?
फोहर बाल्दा निस्केको धुवामा विभिन्न रसायनिक तत्व उत्पादन भएको हुन्छ । चुलोमा बाल्ने काठ दाउराबाट निस्कने भन्दा फरक हुन्छ । फोहरको धुवाले मानव स्वास्थ्यमा विभिन्न रोगका सक्रमण निम्त्याउछँ । फोक्सोको क्यान्सर, मुटु रोग, आखाँमा सक्रमण, गभर्वती महिलाको हकमा झन् संवेदनशिल, जन्मने वच्चामा समस्या देखिन सक्छ । सामान्य नागरिकलाई श्वास प्रश्वासमा समस्या हुने, वान्ता हुन,े रिगंटा लाग्ने जस्ता विभिन्न रोगका लक्षणहरु देखिन्छन् । मानव स्वास्थ्यमा भएका समस्याहरुलाई विभिन्न अध्ययनले पनि पुष्टि गरिसकेको छ ।

फोहर त व्यक्ति, संस्था सबैले बालेकै हुन्छन् । सडक किनारामा बालेका प्रशस्त उदाहरण छन् नि ?
फोहरलाई फोहरको रुपमा चित्रण गरिने संस्कारको विकासले समस्या ल्याएको हो । हामीले कहिल्यै फोहरलाई स्रोतको रुपमा हेरेनौँ र त्यसलाई जहाँ जहाँ जसरी हुन्छ फाल्नै पर्छ भन्ने भयो । हो यँहाले भनेजस्तै व्यक्ति संस्था सबैले बाल्ने र फाल्ने काम गरे भने हाम्रो फोहर व्यवस्यापनको तालिका, पद्धती वा प्रणालीमा केहि न केहि समस्या छ । सरकारी वा जिम्मेवार निकायले किन बालिन्छन् त फोहर भनेर अध्ययन गर्दै त्यसको कारण पत्ता लगाउनु पर्छ । वर्तमान समयमा फोहर उत्पादनमा कमि ल्याउन पनि सबैलाई प्रेरित गर्नु आवाश्यक छ । यो चिसो मौसममा हिटर नभएर, किन्न नसकेर फोहर बालेर ताप्ने चलनपनि हटाउनु पर्छ । फोहरको आगो तापेर न्यानेपना पाईदैन । फोहर व्यवस्थापन फालेर वा बालेर हुन्न भन्ने चेतना जगाउनुपर्छ । गरिवि, अज्ञानता, वा अन्य जे कारण भएतापनि फोहर बाल्ने विकल्प दिनु हुदैन् ।

हामीसगँ चेतना वा शिक्षाकै कमि हो ?
फोहर व्यवस्थापनको विषयमा बालेर सजिलै गर्न सकिन्छ भन्ने सोचमा समस्या हो । केहिलाई शिक्षाको पनि कमि हो जस्तो लाग्छ ।

शनिबारका दिन धेरै शैक्षिक संस्था, सरकारी र नीजि कार्यलयका परिसरमा फोहर बालेको धुवा उडेको देख्छौ ?
तपाई प्रश्नमा ठूलो चिन्ता र चिन्तनको विषय लुकेको छ । स्वभाविक रुपमा शैक्षिक संस्थाहरु जसले अन्य विषयसगैँ वातावरण र फोहर व्यवस्थापन पनि पढाईरहेका छन् त्यस्ता संस्थाले बिदाका दिनमा फोहर बालेर व्यवस्थापन गर्नु बेठिकनै हो । हामी नैतिकता, नीति र ऐनलाई बिर्सिरहेको छौँ । सरकारी निकाय, नीजि संघसंस्था र जुन जुन संस्थाले फोहर बाल्ने गरेको छन् उनीहरुलाई फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा दफा अध्ययन गर्दै त्यसको भावना बुझन् अनुरोध गर्दछु । हामीले अबपनि सुधार नगर्ने हो भने पछुताउनुको विकल्प छैन । मानव स्वास्थ्यमा समस्या देखियो भने धेरै समय र अर्थको लगानी गनुपर्ने हुन्छ । सबैले आफ्ना कार्यलयका कर्मचारीहरुलाई यस विषयमा जानकारी दिलाउनुपर्छ ।

फोहर बालेर बायुमण्डलमा कस्तो प्रभाव हुन्छ ?
यो फोहरमैला बालेपछि वातावरणमा हावा दुषित वा भनौ वायु प्रदुषण हुन्छ । यससगँै तापक्रममा जुन वृद्धि गईरहेको छ । नेपालको सन्र्दभमा प्रतिवर्ष ०.०६ डिग्री सेल्सीयसले तापक्रम प्रतिवर्ष वृद्धि भएको अध्ययनले प्रमाणित गरिसकेको छ । हामीलाई पहिलाको भन्दा धेरै गर्मी महसुस भएको छ ।यो विश्वमा वृद्धि भएको तापक्रमको तुलनामा ६ गुणा बढी हो । काठमाडौ उपत्यका लगायतका स्थानमा हुने वर्षामा परिवर्तन ल्याई बाढी निम्त्याएको छ । हाम्रा हिमालमा पहिलोको जस्तो हिउ देख्न छोडेको छ अर्थात वृद्धि भएको तापक्रमले हिँउ पगाल्न शुरु भएको छ । अहिलो बाली नाली वा कृषिको उत्पादन, पशुपंक्षी वा अन्यमा पनि असर पारिरहेको छ । कृषिका लागि माटोको उर्वराशक्तिमा परिवर्तन र समग्र पर्यावरणमा परिवर्तन ल्याएको छ ।

औसत नागरिकले बेवास्ता गर्ने अनि विज्ञहरुले खतरा देख्ने कस्तो विषय हो यो जलवायु परिवर्तन ?
हाम्रो देशमा विभिन्न र विज्ञ र संस्था मार्फत जलवायु परिवर्तको विषयलाई लिएर थुप्रै अध्ययन भएका छन् । विभिन्न प्रविधि र वैज्ञानिक प्रणालीबाट काम नभएका पनि होईनन् त समस्या कहाँ छ गने अध्ययन प्रतिवेदन र त्यसले मार्गदर्शन गरेका कुरा दराजमै थन्किएर बस्छन् । यो ज्ञान बाड्ने वा व्यवस्थापन गर्ने संयन्त्र चुस्त दुरुस्त राख्न आवश्यक छ । आम नागरिकलाई यसको वातावरणीय र प्राविधिक पक्षका बारेमा जानकारी गराउन विभिन्न संचार माध्यम र तहगत सरकारले अभियानका रुपमा कार्यक्रममा संचालन गर्न सक्नुपर्छ । जलवायु परिवर्तनका विभिन्न पक्षमा भएका अध्ययन र त्यसका निष्कर्षलाई सार्वजनिक गराईनुपर्छ । वातावरणमा वा तापक्रममा भएका परिवर्तन थाह छ तर त्यो हामीले विगतमा बालेको फोहर र अन्य कारणहरुनै हुन् ।

तीन तहका सरकार छन्, उसगँ अधिकार र ऐन छ तर खै कार्यान्वयन ?
यो अहिले हामी सबैले भोगेको परिस्थिती हो । हामी सुधारको मोडमा छौँ । यतिवेला जनमत प्राप्त सरकार छ त्यसैले पनि यस्ता विषयलाई प्राथमिकतामा राख्न अनुरोध गर्दछु । फोहर व्यवस्थापनका सम्वन्धमा फोहरमैला व्इवस्थापन ऐन र स्थानीय सरकार संचालन ऐन २०७४ मा व्यवस्था भए अनुरुपको कार्य गर्न सरकार तयार भए सघाउने दायित्व हामी सबै नागरिकको हो । हामीसगँ भएको ज्ञान, सिप र क्षमतालाई आत्मसाथ गर्दै अघि बढेमा परिवर्तन सम्भव छ । आजकै पितिबाट फोहर फालेर र बालेर व्यवस्थापन हुन्छ भन्नेमा सोचमा परिवर्तन ल्याृउन सबैमा आग्रह गर्छु । सरकार वा व्यक्ति एक्लैले केहि हुँदैन यसमा सामुहिक प्रयास, पहल र सहकार्य आवश्यक छ ।

फोहर व्यवस्थापन समस्या कि स्रोत व्यवस्थापनको अवसर ?
यो तपाई वा मेरो मानसिकताले जे बुझ्छ त्यहि हो । हामी कसैले फोहर भनेर फ्याल्यौ भने समस्या हो होईन् यसमध्य कुहिनेलाई प्राङ्गारिक मल बनाउने र अरुलाई पुर्नःप्रयोग गर्न सकिन्छ । यो फोहर नीति नियमले भन्दा नियत र व्यवहारले व्यवस्थापन गर्नुपर्ने भएकाले सकेसम्म फोहर उत्पादन कम गर्न, स्रोतमै फोहरको बर्गिकरण गर्न, वैज्ञानिक तथा आधुनिक त्रान र प्रविधिका साथ व्यवस्थापन गर्न सबैमा अनुरोध गर्दछु । यो सबैको सामुहिक प्रयास आवश्यक पर्ने विषय हो । आउनुहोस् सबैले प्रण गरेर सफा र स्वच्छ वातावरण बनाउन प्रयत्न गरौँ ।

 

Give Us Feedback