img2
फोहरले बनाएको हिरो र दिलाएको सम्मान

 

फोहर शब्द, आफैमा त्यसको अर्थ नागरिकको सोचमा निर्भर रहन्छ । मुलुकभरका ७५३ स्थानीय निकाय फोहर व्यवस्थापन गरिनुपर्छ भन्ने जानकार र विज्ञको कमि छैन । शैद्धान्तिक रुपमा होस् या सवाल जवाफ गर्दा यसरी गरिनुपर्छ फोहर व्यवस्थापन भन्ने हामी सबैलाई थाह हुन्छ ।  फोहरमा दैनिकी गुजार्ने संख्यात्मक पात्र हजार छन् तर व्यवहारिक रुपमा परिवर्तन गरेर नतिजा दिलाउने पात्र र संस्था गणना गर्दा निकै कम । फोहर व्यवस्थापनमा आफ्नो उर्जाशिल तीन दशक विताउनु भएका एक पात्र हुनुहुन्छ धनकुटा नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनाल । ईको समाचारको टोलीले फोहर व्यवस्थापनका अवसर र चुनौतीका विषयमा गरिएको संवादको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ ।


करिब दुई दशकको समय फोहरमैला व्यवस्थापनका काम गर्दा यहाँको बुझाईमा के रहेछ फोहर ?
हामीले आफ्नौ दैनिकी चलाउन प्रयोग गरेको सामान पश्चात बाकि भएका वस्तु फोहर हुन् । जसलाई त्यहि रुप वा परिवर्तन गरेर प्रयोग गर्न मिल्छ । हामीले त्यस्ता बस्तुलाई फाल्दा समस्या हुन्छन् तर उचित रुपमा व्यवस्थापन गर्दा स्रोतको रुपमा परिणत हुन सक्छ ।


फोहर व्यवस्थापनको काम गर्दा मन मस्तिष्कले के भन्छ ?
शुरु शुरुका समयमा त फोहर भन्ने वित्तिकै मानिसले फरक रुपले सोच्ने गर्थे । फोहर व्यवस्थापनको सबै क्षेत्रमा काम गर्ने मानिसलाई फरक ढंगले हेर्ने गर्दथे । धेरैलाई फोहर के हो र कसरी व्यवस्थापन गर्ने जानकारी नहुदाँ हामीलाई पनि सस्ता टिप्पणी गर्थे । मानिसले फोहरी भनेर उडाउथे तर मेरो मन मस्तिष्कले गलतकाम गरेको छैन । फोहर व्यवस्थापनको सामाजिक काम गरेको छु भनेर नै अघि बढे ।


तपाईलाई फोहर व्यवस्थापनका लाग्न कसले प्रेरित गर्यो ?
मलाई फोहर व्यवस्थापनको क्षेत्रमा काम गर्न पात्र भन्दापनि परिस्थिती वा समयले प्रेरित गर्यो यद्यपी धेरै पात्र र संस्थाको सहयोग रहेकोे छ । विगतका समयमा फोहर जथाभावी फालेर शहर वा टोल सफा भएननि के गर्छ सरकारले भन्ने जमात बढी थियो । धेरै मानिसलाई फोहरको काम अरुले गनुपर्छ भन्नेनै थियो । फोहर व्यवस्थापन गर्ने पर्याप्त सिप र स्रोत नहुदापनि हामीले हिम्मत गरेर स साना कामबाट शुरु गर्यौँ । मानिसलाई फोहर व्यवस्थापन जा ल्याण्डफिल्ड साईट निर्माण गर्न भनेपछि धेरै विरोध गर्थे तर मलाई विभिन्न समस्याले व्यवस्थापनमा धकेलेका अनुभुती गर्छु ।


फोहर व्यवस्थापन गर्ने स्वार्थ कि सेवा ?
अब यो मानिसको बुझाईको कुरा हो । सेवा भनौ म त जागिरे हो भन्लान् । स्वार्थ पनि भन्न सकिन्छ । ससारमा सबै मानिसका व्यक्तिगत स्वार्थ मात्र हुन्छन् भन्ने छैन । धनकुटा नगरपालिका सफा र स्वच्छ नगर बनोस् यहाँका नागरक स्वस्थ्य रहुन् र हरियाली शहर र सभ्य नागरिकको रहर पूरा होस् भन्ने स्वार्थ हो मेरो । सामुहिक स्वार्थ चाहि छ जसले फोहर व्यवस्थापनमा व्यवहारिक ज्ञान प्रदान गर्ने धनकुटा बनायो । आज फोेहर व्यवस्थापनका प्रसंङ्ग उठ्दा धनकुटाको नाम आउने स्थिती त्यहि स्वार्थले बनायो ।
/k

फोहरमैला व्यवस्थापनमा कत्ति समय खर्चनु हुन्छ ?
फोहर व्यवस्थापनमा करिब २ दशकको समय व्यतित् गर्दा समय खर्च गरेको कुरा त कसरी मापन गरौँ । अब नेपालमा सोचेको समय मापन हुन्न हेर्नुहोस् । शारीरिक रुपमा खटाईको हिसाबल दैनिक १० देखि १२ घण्टा खटिनुपर्छ । फोहर व्यवस्थापनको विषय शहरको शौन्र्दयता र नागरिकको सभ्यतासगँ गासिएकाले पनि हामीले प्रत्येक दिन फरक फरक प्रकृतिका समस्या झेल्दै समाधान गरिरहेका हुन्छौँ । नगरवासीको गुनासा सल्लाह र सुझाव अनुरुप मार्गनिर्देशिल हुदै काम गरिरहेका हुन्छौँ ।

धनकुटामा फोहर व्यवस्थापन यर्थाथ कम चर्चा बढी भनेर पनि भन्छन् नि ?
फोहर व्यवसथापन आफैमा एउटा सामाजिक कार्य हो जुन हिजको तुलानामा आझ सुधार हुदै जानुपर्छ । धेरै मानिस तथा संस्थाले फोहर व्यवस्थापनलाई समस्या रुपमा हेरिरहदा धनकुटा नगरपालिकाले फोहरको थुप्रोलाई सदुपयोग गरेको छ । धनकुटा नगरपालिकाले आफ्नो ३० रोपनी क्षेत्रफलमा रहेको फोहर व्यवस्थापन स्थल मध्ये ३ रोपनी जग्गामा ढकमक्क फूल फुलाएर उद्यान बनाएको छ । वि सं २०६६ देखि फोहर व्यवस्थापनका लागि कामको शुरवात गरिएको थियो । त्यस समयभन्दा अघि फोहर व्यव्स्थापन भन्दापनि स्थानातरण गर्ने गरिएको अवस्थामा हामी कहिल्यै चर्चा बटुल्न तर्फ लागेनौ । यद्यपी यो हाम्रो व्यापार वा व्यवसाय होईन् । हिजो गल्लीको रुपमा रहेको धनकुटाको बजारभन्दा माथिको क्षेत्र ल्याण्डफिल्ड साईट बनाउन नकुहिने फोहरलाई जम्मा गर्ने गरिएको थियो । करिब ४ वर्षपछि सतह माथि उठेसगैँ त्यँहा पार्क निर्माणको अवधारणा अघि सारिएको हो ।  स्थानीयवासी तथा धनकुटा जिल्लाभरका मानिसलाई मनोरञ्जन गर्ने रमाईलो पार्क बनेको छ । फोहरलाई उचित रुपमा व्यवस्थापन गर्दै स्रोतको रपमा विकास गर्न कसरी सम्भव रहन्छ भन्ने प्रमाण धनकुटाले जुटाएको छ । हामीले कामले प्रमाणित गरिसकेका छौँ । जस जसले चर्चा मात्र हो भन्नु भएको छ उहाँहरुलाई एक पटक धनकुटा नगरपालिकाको ल्याण्डफिल्ड साईट निरिक्षण गरिदिन आग्रह गर्छौ र उहाँहरुलाई स्वागत गर्न हामी आत्तुर छौँ ।


यात्रा फोहरको थुप्रो देखि बगैचासम्म कत्ति सहज वा कठिन ?

फोहर व्यवस्थापन मात्र होईनन् संसारभर सुधारका सकारात्मक काम वा परिवर्तन क्षणभरमा भएका होईनन् र हुनपनि सक्दैनन् । सोचले मानिसको यात्रा र गोरेटो तय गरेको हुन्छ । असहज  र कठिन परिस्थितीमा कहिल्यै आत्तिएनौ र त यँहासम्मको यात्रा तय गर्न सफल भयौँ तर अझै धेरै गर्न बाकि छ ।  
हिजोका दिनमा फोहर भनेर टाढा जाने मानिसहरु अहिले स(साना जमघट र रमाईलो गर्न यहाँ आउने गरेका छन् । यो पार्क धेरै स्थानीय सरकारहरुलाई फोहर व्यवस्थापन सिकाउने थलो बनेको छ । पछिल्लो समय महिनाका ५ देखि ७ वटासम्म संस्थागत टोलीहरुले भ्रमण गर्ने र प्रति टोली ५ हजार प्रवेश शुल्क दिनुपर्ने व्यवस्था रहेको छ । उक्त संकलित रकम फोहर व्यवस्थापन र पार्क निर्माणमै खर्च गरिने रहेको छ । विभिन्न स्थानीय निकायका प्रतिनिधिहरुलाई फोहर व्यव्स्थापनमा सिकाईको थलो बनाउनु त्यत्ति सहज कामचाहि होईन नि !

 

धनकुटा नगरपालिकाको फोहर संकलन र उत्पादनको अवस्था कस्तो छ?
धनकुटा नगरपालिकाले मासिक १६ टन फोहर उत्पादन भएका  अजैविक मात्र फोहर संकलन गर्ने गरेको छ । विभिन्न घरको फोहर व्यवस्थापनका आधारमा मासिक शुल्क न्युनतम १०० देखि व्यवसाय तर्फ ३०० रुपैया सम्म लिने गरेको छ । वार्षिक ५० लाखको रकम विनियोजन गरि व्यवस्थापन गरिरहेको नगरापालिकाले नीजि संस्था मार्फत काम अगाडि बढाईरहेको छ । नगरपनलिका र नीजि क्षेत्रबाट गरेर १९ परिवार फोहर व्यवस्थापनको कामबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।  नगरपालिकाले घरायसी फोहर व्यवस्थापनका लागि नगरवासीलाई विभिन्न विषयमा तालिम दिदै व्यवहारिक रुपमा काम गरिरहेको छ । सन् २०१२ को अध्ययन अनुसार करिब ५० प्रतिशत कुहिने फोहर उत्पादन हुन गरेकोे छ ।  करिब १० हजार घरधुरी रहेको नगरपालिकामा फोहर व्यवस्थापन र संकलनका लागि प्रत्येक घरका कम्तिमा ३ जना सदस्यलाई तालिम दिने कार्यक्रम रहेको छ ।


स्थानीय सरकारका प्रतिनिधि फोहरमाथि बनेको उद्यान घुम्न आउने कि साच्चै केहि सिकाएर पठाउनु हुन्छ ?
धनकुटा नगरपालिकामा गरिएको फोहर व्यवस्थापनको अध्ययन गरेपछि घुम्ने वा सिक्ने विकल्प उहाहरुमा निर्भर रहन्छ । हामी स साना चुनौतीका बाबजुत अवसर र सम्भावनाका कुरा सिकाएर बुझाएर पठाउछौँ । केहि स्थानीय निकायले फोहर व्यवस्थापनमा नयाँ सोचका साथ प्रेरित भएका छन् ।  भरतपुर महानगरपालिका, प्युठानको स्वर्गद्धारी नगरपालिका, झापाको वुद्ध शान्ति गाउँपालिकाले फोहर व्यवस्थापनमा नयाँ थालनी गरेको छ । संलग्न कर्मचारी र सरोकारवाला निकायले स साना प्रयास गरे फोहर व्यवस्थापन समस्या होईन भन्ने बुझाएका छौँ ।


धनकुटा नगरपालिका आफैले चाहि फोहर व्यवस्थापनमा के सिक्यो ?
धनकुटा नगरपालिकाको फोहर व्यवस्थापनमा धेरै सुधार देखिएको छ । नागरिकहरुले फोहर बाल्ने र फाल्ने काम बन्द गरेको छन । नगरपालिकाले फोहर बाल्न पूर्ण रुपमा प्रतिवन्ध गरेको छ । फोहरमैला व्यवस्थापनको  सिप विद्यालय, सामाजिक संघ संस्था, महिला समूह तथा अन्य सरोकारवालालाई सिकाउने काम गरेको छ । फोहर व्यवस्थापन सबैको सरोकार रहेको विषय भएकाले पनि सबै नागरिक स्थानीय सरकार र सरोकारवाला निकायको सामुहिक प्रयास आवाश्यक छ भन्ने कुरा बुभाएको छ । नागरिकमा फोहर व्यवस्थापनको जिम्मेवारी बहन गर्ने बानी बस्नु र व्यवहारमा परिवर्तन आउनु कम सिकाईको विषय होईन जस्तो लाग्छ ।


तपाई आफैलाई पनि चर्चामा ल्यायो अनि सामाजिक हिरो बनायो होईन ?
जीवनका कहिले चर्चामुखी काम गरिन् र गर्न अवस्थापनि नआओस् । फोहर व्यवस्थापनमा आफुले जानेको काम गर्दै गए, सुधार र सकारात्मक कार्य भएका पनि छन् । राम्रो काम गरेर उदाहरण बनाउने र चर्चा गर्ने तपाईहरु जस्तै संचारमाध्यमका साथीहरु हुनुहुन्छ  जसलाई म धन्यवाद पनि दिन चाहन्छु । आफुपयोग गरेर यो अवस्थामा आएका हौ यसमा ईष्र्या गर्नुपर्ने कारण केहि छैन । हामी मनैदेखि अपिल गरिरहेको छौ फोहरमैला व्यवस्थापनमा धनकुटा र अन्य केहि नगरपालिका मात्र उदाहरण बनेर हुदैन् । हामी सबै स्थानीय सरकारका जनप्रतिनिधि एवं कर्मचारीलाई आग्रह गर्छौ र आउनुहोस् आ आफ्नो क्षेत्रमा भएका समस्या बारे खुलेर छलफल गर्ने व्यवस्थापन गरौँ र सफा नेपालको परिकल्पना अनुरुप सबैले कार्य गरौँ । सामाजिक हिरो बन्न कोटा प्रणाली होईन त्यसैले पनि जति सकिन्छ त्यत्ति राम्रो काम गरेर उदाहरण बनौँ ।

 

Give Us Feedback