img2
फोहर बाल्दै हुनुहुन्छ , क्यान्सर होला है ?

काठमाडौ उपत्यका लगायत देशैभरको तापक्रम न्युनतम २.५ डिग्री सेल्सीयसमा झरेसगै चिसो महसुस भएको छ । चिसोबाट बच्न मानिसले न्यानो कपडा लगाउन र तातोमा बस्न मन हुन्छ । हामी आम नागरिक आफ्नो क्रय क्षेमता सोच, संस्कार अनुसार ताता न्यानो बन्न तल्लिन हुन्छौ । काठमाडौ उपत्यकाका धेरै ठाउँमा आज हामीले फोहर थुपारेर बालेको भेट्यौ । सामान्य रुपमा सोच्दा प्लास्टिक सहितका फोहर छिटो बल्छन् र तातो दिन्छन् तर त्यसको नकारात्मक असर के हुन्छ ।

हामीले यस विषयमा वातावरणविद् भुपेन्द्र दासलाई जिज्ञासा राख्दा यसको असर मानिसमा तुरुन्तै नदेखिन पनि सक्ने बताउनुभयो । फोहर बालेर आगो ताप्दा श्वास प्रश्वासमा समस्या हुने, रिगंटा लाग्ने,, टाउको दुख्ने र दैनिक रुपमा तापेमा क्यान्सर सम्म हुन सक्ने उहाँले बताउनु भयो ।

 

उहाँका अनुसार फोहरको वैज्ञानिक र प्राविधिक पक्षबाट हेर्ने हो भने फोहर बाल्दाखेरी निस्केको धुवाँमा कार्वनडाईअक्साईड, कार्वन मोनोअक्साईड, पिएम २.५, मिथेन, सल्फरअक्साईडजस्ता तत्वहरु निस्कछन् जसले वातावारणमा प्रत्यक्ष असर पारेको हुन्छ । फोहर बाल्दा आएको धुवा वायुमण्डलमा मिसिदा त्यसले मानव स्वास्थ्य असर पारेको हुन्छ । कार्वन मोनोअक्साईडले मानवको रगतमा हुने अक्सिजनको मात्रा घटाई रगतका तत्वमा फरक पना आउछ ।
फोहरमैला बालेपछि वातावरणमा हावा दुषित वा भनौ वायु प्रदुषण हुन्छ । यससगँै तापक्रममा वृद्धि गरिरहेको छ । नेपालको सन्र्दभमा प्रतिवर्ष ०.०६ डिग्री सेल्सीयसले तापक्रम प्रतिवर्ष वृद्धि भएको अध्ययनले प्रमाणित गरिसकेको छ ।
फोहर बालेर ताप्ने कामको सबै मिलेर निरुत्साहित गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।

Give Us Feedback