img2
कृषि र पर्यटनको आधुनिकीरणबाट प्रदेश समृद्ध हुन्छ : मन्त्री चौधरी

प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कृषि र पर्यटनको आधुनिकीकरणबाट नै प्रदेश समृद्ध हेुने बताएउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं ५ ले आयोजना आज गरेको आवधिक योजना (२०७६÷०७७ देखि ०८०÷०८१) तर्जुमासम्बन्धी जिल्लास्तरीय सुझाव सङ्कलन गोष्ठीमा मन्तव्य राख्दै मन्त्री चौधरीले प्रदेश नं ५ को आगामी प्राथमिकता कृषि र पर्यटन भएको बताउनुभयो ।

प्रदेशले तयार गर्ने पाँचवर्षे आवधिक योजना तयार गर्न लक्ष्य, रणनीति र कार्यनीतिबारे सुझाव सङ्कलन गरेको छ । गोष्ठीका प्रमुख अतिथि चौधरीले प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानून निर्माणको प्रक्रियामै रहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “लुम्बिनी आएका पर्यटकलाई पाल्पाको रानीमहल, प्यूठानको स्वर्गद्वारी, बाग्लुङको ढोरपाटनलगायतका क्षेत्रमा घुमाउने वातावरणको सिर्जना गर्दैछौँ ।” प्रदेश सरकारले कृषि र पर्यटकीय क्षेत्रमार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि आवश्यक नीति निर्माण बनाउने चरणमा रहेको जानकारी दिनुभयो ।

Give Us Feedback