img2
नेपालमा उत्पादित माछा भारत निर्यात

संयुक्त राष्ट्रसंघको ७३ औ दिवसको अवसरमा आयोजीत एक कार्यक्रममा संमृद्ध नेपाल निर्माणका लागि दिगो विकासका लक्ष्य प्राप्तीमा जोड दिनुपर्ने बताईएको छ । राजधानीमा आयोजीत कार्यक्रममा विकास साझेदार निकायहरुले विभिन्न स्टलहरुमार्फत आफुले नेपालको विकासमा गरेका योगदानका सम्बन्धमा उपस्थित मानिसहरुलाई जानकारी गराएका थिए । स्टिम फाउण्डेसनका अध्यक्ष सर्जन बिसिले विश्वका विभिन्न मुलुकमा विकासका आयाम र शान्ति स्थापनामा संयुंक्त राष्ट्रसंघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । स्टिम फाउण्डेशनले नेपालको विभिन्न क्षेत्रमा यान्त्रीकरण र प्रविधि प्रयोगमा जोड दिदै आईरहेको उहाँले बताउनुभयो । संयुक्त राष्ट्रसंघ अन्र्तगतका विभिन्न विकास साझेदारी निकाय सहित २३ वटा संस्थाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित विभिन्न विद्यालयका विद्यार्थीहरु र कलाकारको संयुक्त टोलीले दिगो विकासका १७ वटा लक्ष्यमा आधारित चित्रकला प्रस्तुत गरेका थिए । नेपाल लगायत अन्य मुलुकहरुले सन् २०३० सम्ममा दिगो विकासका सम्पूर्ण लक्ष्य अनुरुपका मापदण्ड पूरा गर्नुपर्नेछ ।

Give Us Feedback