img2
वातावरण विभागले उपत्यकाका १८ अस्पताललाई कारवाहीका लागि सिफारिस

सहि तरिकाले अस्पतालजन्य फोहर व्वस्थापन नगर्ने स्वास्थ्य संस्थालाई वातावरण विभागले कारवाहिका लागि सिफारिस गरेको छ ।  अस्पतालजन्य फोहरमैला व्यवस्थापनमा स्वास्थ्य संस्थाले फोहरको प्रकृति र सम्भावित संक्रमणका आधारमा उपयुक्त विधि अबलम्बन गरिनुपर्ने विभागले जनाएको छ । अनलाईन न्युजपोर्टल ईको समाचार डटकमको श्रव्यदृश्य संस्करण कार्यक्रम ईको टकमा कुरा गर्दै वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले विभागले गरेको अनुगमनमा एकाध बाहेकका स्वास्थ्य संस्थाले फोहरमैला व्यवस्थापनमा खासै ध्यान नदिएकाले कारवाहिका लागि सिफरिस गर्न बाध्य भएको बताउनुभयो ।


कार्यक्रममा बोल्दै नीजि अस्पतालहरुको छाता संगठन अफिनका उपाध्यक्ष हरि रिजालले फोहरमैला व्यवस्थापनमा सामान्य पूर्वाधार  पनि व्यवस्थापन नगर्ने सदस्य अस्पतालका सम्बन्धमा ध्यानाकर्षण भएको र संस्थागत रुपमा सुधारको पहल गरिने बताउनुभयो । उहाँले अस्पतालजन्य फोहर व्यवस्थापनमा अफिन वातावरण विभाग र अन्य सरोकारवाला निकायसगँ काम गर्न ईच्छुक रहेको जानकारी गराउनुभयो । कार्यक्रमको पूर्ण पाठ बुधबार ६ः१५ बजे ईको टिभीमा हेर्न सकिनेछ ।

Give Us Feedback