img2
वाग्मती नदी सफाइ अभियान सामुहिक प्रयासको सकारात्मक नमूनाः मन्त्री राई


शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले नागरिकको सामुहिक प्रयास र मेहेनतले वाग्मती नदीको रुप परिवर्तन सम्भव भएको बताउनुभयो । शहरी सभ्यता  र धार्मिक महत्व समेत बोकेको नदीमा ठोस फोहर उठाउने सकिएकोमा संलग्न सबै अभियन्तालाई धन्यवाद दिनुभएको छ ।

उहाँले अबका दिनमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सरकारका अन्य निकाय तथा अभियन्ताले  ढल व्यवस्थापनमा चासो दिनुपर्ने बताउनु भएको छ ।


अनलाईन न्युज पोर्टल ईको समाचार डट कमको श्रव्यदृश्य संस्करण कार्यक्रम ईको टकमा बोल्दै उहाँले ढल मुक्त वाग्मती तथा अन्य सहायक नदी बनाउन मन्त्रालयले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ । कार्यक्रमको पूर्ण पाठ बुधबार साझँ ६ः१६ बजे ईको टिभीमा हेर्न सकिने छ ।

Give Us Feedback