img2
जलवायु परिवर्तनको विषयमा शहरिया शिक्षित वर्गको मात्र चासो हुनुहुदैँन ।

पछिल्लो समय निकै चर्चामा रहेको जलवायु परिवर्तको विषय शहर केन्द्रित शिक्षित वर्गमाझ मात्र चर्चा हुने विषय नरहेको जलाधारविद् मधुकर उपाध्याायले बताउनु भएको छ । जलवायु परिवर्तनले मुलुकका दुरदराजमा बसेर खेती किसानी गर्ने, पशुपालन गर्ने देखि नीतिगत तहमा काम गर्ने सम्मलाई समस्या पारिरहेको उहाँले बताउनुभयो ।


मौसम र तापक्रममा आएको फेरबदललाई नागरिले सहज रुपमा आत्मसाथ गरेपनि यसको कारकका सम्जन्धका खासै चिन्तित भएको पाईदैन । जलवायु परिवर्तनका कारण वातावरणीय तत्वहरुमा ह«ास आउनुका साथै धेरै स्थानमा पानीका मुहानहरु सुक्ने र  ग्रामिण भेगमा भात भान्छा र खेतीपातीकालागि चाहिने न्यूनतम पानी पनि आपूर्ति हुन नसके पछि परिवारहरु आप्mनो थातथलो छाडेर बसाँई सर्ने घटना सामान्य बन्दै गएको छ ।
पानीकै अभावमा हिजो हराभरा हुने गरेका घरबारी समेत अव विक्रि हुन छाडेको छ  तर पानी सुकेका तिनै पाखाहरुमा फस्टाएका खोटेसल्लाका रुखहरुले हरियाली बढेको छ । बढेको हरियाली देखेर वातावरणमा चाखराख्ने ब्यक्तिको पहिलो प्रतिक्रिया हुनेगर्छ –“हरियालीले वातावरण राम्रो भएको छ” । जवकि खोटेसल्ला सुख्खा पाखोमा हुर्कन सक्ने रुखको प्रजाती हो तसर्थ खोटेसल्लाको बढोत्तरीको अर्थ हो लामो समय देखि पहाड रुखो हुने क्रम बढ्दै गएको छ ।
तराईका धेरै भागमा भूमिगत पानीको तह द्रुत गतिले घट्दै गएकोले पानी आपूर्ति कठिन हुँदै गएको छ । तराईको भूमिगत पानी किन घट्यो भन्ने प्रश्नको जवाफ प्रायः “चुरेका दोहन” हुने गरेको छ । हिमालय क्षेत्र (चुरे समेत) मा हुने वनको हैसियत र भूमिगत पानीको तह विच के सम्बन्ध छ भन्ने विषयमा भरपर्दाे तथ्य प्रकाशित छैन । मानिसले पानीकै कारण आफ्ना जमिन बाझो राखेर बस्न बाध्य भएको उपाध्यायले बताउनुभयो ।
जलवायु परिवर्तका विषयमा बहस पैरवी तथा छलफल धेरै भएपनि शहर केन्द्रित विषय बन्नु दुखद रहेको उहाँले बताउनुभयो । हामी कारकनै नबनेको विषयमा कार्वन उत्सर्जन कम गर्न रुख विरवा वा हरियालीको मात्र वकालत गर्न नहुने उहाँले जानकारी गराउनुभयो । नेपालमा वर्तमान समयमा जलवायु परिवर्तनले गरेका असरबारे उहाँको विचार ।

 

Give Us Feedback