img2
कादम्वरी कलेजको राष्ट्रिय युवा सम्मेलन वातावरणमैत्री हुने

कादम्वरी कलेजले युवा पूस्तालाई केन्द्रित गर्दै दिगो विकासका लक्ष्यमा आधारित रहेर सामाजिक एवं वातावरणीय विषयका मुद्धामा छलफल गर्न राष्ट्रिय सम्मेलन आयोजना गर्ने लागेको छ ।

मानवीय सम्वन्धको स्तरोन्नत्ती र सुसम्बन्ध विकास गर्दै दिगो विकासका लक्ष्य प्राप्ती गर्ने उद्देश्य अनुरुप विभिन्न क्षेत्रका प्राज्ञिक विषय विज्ञ, विद्यार्थी एवं सरोकारवाला निकायविच विभिन्न सामाजिक मुद्दामा समाधान केन्द्रित छलफल गरिने बताईएको छ । कार्यक्रम पूर्ण रुपमा वातावरणमैत्री बनाईने र त्यसमा प्रयोग हुने सामाग्रीले वातावरणलाई कुनै नोक्सान नगर्ने कादम्बरी कलेज अफ सोसीयल वर्ककि प्रिन्सिपल प्रदिप्ता कादम्वरी बताउनु भएको छ ।


नेपाली समाजमा शिक्षा र सोचका हिसावले अब्बल मानिएको युवा वर्ग सामाजिक काम र वातावरण संरक्षणका सन्र्दभमा अपेक्षा अनुसार संस्कार विकास गर्न नसकिएको उहाँले बताउनुभयो । नेपाली विद्यार्थीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दर्शन र शैद्धान्तिक ज्ञान बाड्दै गर्दा आफ्नो समाज, परिवेश र नेपाली संस्कार पढाउन नसकेको कारण यो कार्यक्रम कोशेढुंगा बन्ने बताउनुभयो । विकशील राष्ट्रहरुलाई लीषत गर्दै संयुक्त राष्ट्र संघले  जारी गरेका १७ वटा दिगो विकासका लक्ष्य प्राप्ती गर्न नेपाली समाजको सम्भावना र चुनौतीका विषयमा छलफल हुने उहाँले बताउनुभयो । समाज रुपान्तरणको उर्जा मानिएका युवा पूस्तालाई लक्षित गरिएको वल्र्ड सोसियल वर्क डे सामान्य दिवसको रुपमा मनाउनु भन्दा संस्कार र व्यवहार परिवर्तनतर्फ जिम्मेवार कर्मशील पूस्ता बनाउन विभिन्न क्षेत्रबमट प्रतिनिधित्व गर्ने विज्ञहरुसगँको छलफल फलदायी रहने बताईएको छ ।


आउदो मंगलबार मार्च १९ तारिकका दिनमा आयोजना गरिने कार्यक्रममा कलेज तहका अध्ययन गर्ने युवालाई लक्षित गर्दै विभिन्न सामाजिक सरोकारका विषयमा नयाँ सन्देश प्रवाह गरिने कादम्बरी कलेजकी छात्रा मुस्कान प्रसाईले बताउनुभयो । आफ्नै उमेर समुहका धेरै पुस्ता सामाजिक तथा वातावरणीय सवालमा जानकार हुदाँहुदै पनि व्यवहारतह काम बानीको विकास नभएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । बदलिदो परिवेशमा सूचना प्रविधि र सामाजिक संजालमा धेरै समय खर्चने युवा पूस्ताले स साना कामबाट समाज रुपान्तरणमा फरक र सन्देशमुलक काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार सो सम्मेलन पूर्णत गो ग्रिनको अवधारणा अनुरुप वातावरणमैत्री बनाउन गृहकार्य भईरहेको, सामाजिक एवं वातावरणीय विषयमा फरक सोच र ढाचाँ प्रस्तुत गर्न सकिने उहाँको विचार रहेको छ ।

 

कादम्वरी कलेजले आगामी चैत्र ५ गते विभिन्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रका व्यक्तिहरुमाझ विभिन्न विषयको सामाजिक, कानुनी एव नीतिगत आधार, विपद् व्यवस्थापनका विषय, वातावरणीय समस्या समाधानका लागि ललितपुरको टेवामा कार्यक्रम गर्ने बताएको छ ।  

 

 

Give Us Feedback