img2
वाग्मती नदी सफाइ अभियान स्वरुप परिवर्तन गरेर चलाईनुपर्छ ।

वाग्मती नदी सफाइ अभियान ३०४ औँ हप्तामा पुगेको छ । नदी सफाइको कामले व्यापक सुधार र प्रचार पाएको छ तर सफाइको स्वरुप र ढाचा परिवर्तन गनुपर्ने आवास धेरैले गरिरहेका छन् । कार्यक्रम ईको टक अन्र्तगत वाग्मती सरोकारका बोल्दै पूर्व सचिव एवं नदी अभियन्ता किशोर थापाले ठोस फोहर व्यवस्थापनसगँै ढल व्यवस्थापन तर्फ ध्यान दिनुपर्ने सल्लाह व्यक्त गर्नुभएको छ । उहाँले नेपालमा भित्र्याउन सकिने प्रविधि अध्ययन गरेर सफाइलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत विकास समितिका अध्यक्ष नरेन्द्र राज बस्नेतले नागरिकको सहयोग र सक्रियताले नदीको स्वरुप परिवर्तन गर्न सक्षम रहेको र आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले विशेषगरि युवा पूस्तालाई नदी सफाइमा उर्जाशिल भएर लाग्न प्रेरित गर्नुभयो ।


नदी अभियन्ता मेघ आलेले प्रकृति माथिको दोहन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै समयले त्यसको जवाफ दिएको र आगामी दिनमा पनि दिने बताउनुभयो । उहाँले सरकारी निकाय र नागरिकको समन्वयमा मात्र परिवर्तन सम्भव भएको बताउनुभएको छ । कार्यक्रमको पूर्ण पाठ अनलाईन न्युज पोर्टल ईको समाचारको ईको टिभीमा हेर्न सकिने छ ।

 

 

Give Us Feedback