img2
असार २०७६ सम्म नेपाललाई खुला दिशा मुक्त क्षेत्र घोषणा गर्ने सरकारको तयारी

आगामी असारसम्म नेपनललाई सरसफाइको क्षेत्रमा खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । करिब ५३ लाख घरधुरी मध्ये ५१ हजार  घरमा शौचालय बनाउने क्रमले तिव्रता दिदैँ यस आर्थिक वर्षमा काम गर्न लागेको खानेपानी मन्त्रालयका सह सचिव मनोज घिमिरेले बताउनुभयो ।

नेपाल सरकारको अग्रसरता र स्थानीय नागरिकको सहयोगमा ६३ वटा जिल्लालाई खुला दिशा मुक्त जिल्ला घोषणा गर्न सफल भएको हो अवस्थामा खुला रुपमा शौच गर्न निरुत्साहित गर्ने कदममा अगाडि बढ्दै गएको बताउनुभयो । अनलाईन न्युज पोर्टल ईको समाचारको श्रव्यदृश्य संस्करण कार्यक्रम ईको टकमा बोल्दै उहाँले विभिन्न प्राकृतिक प्रकोप र समस्थाका बाबजुत पनि  सुधारात्मक अभियान दक्षिण एशियाकै लागि उदाहरण बनेको बताउनुभयो । कार्यक्रमको पूर्ण पाठ बुधवार ६ः१६ बजे ईको समाचारको ईको टिभीमा हेर्न सकिनेछ ।

Give Us Feedback