img2
वातावरणका सवालमा ईको समाचारको बहस पैरवी शुरु


संघीयता पछिको तीनै तहको सरकारलाई वातावरण तथा पर्यावरण विषयमा थप जिम्मेवार बनाउन अनलाईन न्युज पोर्टल ईको समाचारले बहस कार्यक्रम शुरु गरेको छ । स्थानीय सरकारका प्राथमिकतामा कम पर्ने गरेका वातावरण, पर्यावरण, जलवायु परिवर्तन लगायतका विषयमा छलफल कार्यक्रम शुरु गरिएको हो ।
वातावरणमा भएका विभिन्न परिवर्तनले नागरिकको स्वास्थ्यमा विभिन्न समस्या देखापरेको अवस्थामा नागरिकलाई सहि सूचना सम्प्रेषण गर्दै वातावरणीय तत्वको सुधारमा गृहकार्य गर्न आवश्यक रहेको छ । ईको टक अन्र्तगतको कार्यक्रमका श्रृखला सगरमाथा टेलिभिजनमा र अनलाईन न्युज पोर्टल अन्र्तगत ईको टिभीमा प्रत्येक बुधवार हेर्न सकिनेछ ।
विश्वका अन्य मुलुक वातावरणका सवालमा सचेत बन्दै गईरहेको अवस्थामा नेपालको सरकार जीम्मेवार निकाय तथा संचार माध्यमको भूमिकालाई थप प्रभावकारी बनाउन यो पहल थालनी गरिएको हो । कार्यक्रम सम्बन्धी केहि जानकारी वा सल्लाह सुझाव रहेका ष्लाय२भअयकबmबअजबच।अयm मा ईमेल गर्न सकिनेछ ।

 

Give Us Feedback