img2
शौचालय निर्माणमा जनताकै ७० अर्ब लगानी


वातावरणीय सरसफाइ र स्वास्थ्यका लागि जनताले शौचालय निर्माणको कामलाई आवाश्यकता र अभियानका रुपमा लिईरहेका छन् । हालसम्म करिब ५३ लाख ३० हजार ९११ घरधुरीले आफ्नो शौचालय निर्माण गरेको सरकारी तथ्याङ्क सार्वजनिक भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका ढल व्यवस्थापन, वातावरण तथा सरसफाइ शाखा प्रमुख ईन्जिनियर देवेन्द्र कुमार झाले जनाए अनुसार सरकारको अनुदानविना भएको यस खुला दिशा मुक्त क्षेत्र अभियान सफल रहेको बताउनुभयो । उहाँले पक्की शौचालय निर्माण गर्दा १ शौचालय बराबर कुल खर्च १३ हजार १ सय ३३ लाग्ने रहेको जस अनुरुप करिब ७० अर्बको लगानी भएको बताउनुभयो ।

नागरिकको स्वास्थ्य र वातावरणीय हिसावले पनि महत्वपूर्ण रहेको शौचालय निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको छ । सरकारले हालसम्म ६४ वटा जिल्लालाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिसकेको छ । खुला दिशा मुक्त अभियान स्वास्थ्य र शौन्र्दयताका लागि गरिएको भन्दै अन्य १३ जिल्लामा पनि छिट्टै घोषणा गरिने बताईएको छ । तीनै तहका सरकार, विकास साझेदारी निकाय, संचार माध्यम तथा अन्य सरोकारवालाहरुको रचनात्मक सहयोग र सक्रिय सहभागिता रहेमा यसै आर्थिक वर्षमा उपलब्धी हासिल गर्न सकिने झाले बताउनुभयो ।

अनुदान रहितको यस अभियानले दक्षिण एशियामै चर्चा पाउनुका साथै सकारात्मक कार्य बनेको छ । शौचालयको व्यवस्था र उचित प्रयोगका लागि अझै नागरिक माझ जनचेतना आवश्यक रहेको देखिन्छ । स्थानीय सरकार र स्थानीयवासीले अग्रसरता देखाएका विभाग प्राविधिगत सहयोग गर्न तयार रहेको समेत बताईएको छ ।

 

Give Us Feedback