img2
सरकार वातावरण संरक्षण र प्रदुषण न्युनीकरणमा गम्भिर छैन


वर्तमान सरकार वातावरण संरक्षण र वायु प्रदुषण न्युनीकरणमा गम्भिर नभएको पूर्व मन्त्री गणेश शाहले बताउनु भएको छ । काठमाडौ उपत्यका लगायत देशैभरका शहरमा वातावरणीय तत्वको खस्कदो गुणस्तरले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा असर परिरहेको पनि उहाँले बताउनुभयो ।
काठमाडौ मा भईरहेका पूर्वाधार निर्माण, सडक संजाल तथा मेलम्ची परियोजनाले समस्या थप सृजना गरेको उहाँले बताउनुभयो । अनलाईन न्युजपोर्टल ईको समाचारको श्रव्य दृश्य संस्करण कार्यक्रम ईको टकमा बोल्दै उहाँले सरकारका जिम्मेवार निकाय प्रदुषण नियन्त्रण र न्युनीकरणमा काम गर्नुपर्ने सुझाव व्यक्त गर्नुभयो ।

Give Us Feedback