img2
अभियन्ताको पहलमा हटाईयो वाग्मतीमा मिसाईएका शौचालय 

काठमाडौको बल्खु क्षेत्रमा रहेको वाग्मती नदीमा मिसाइएका शौचालय हटाईएको छ । नदी सफाइ अभिन्ता डा लक्ष्मी पौड्यालको संयोजकत्वमा गएको समुहले सो सुकुम्वासी क्षेत्रमा फोहरमैला व्यवस्थापन तथा सरसफाइकाबारे जानकारी गराएको र सिधै नदीमा मिसाइएका शौचालय उनीहरुकै सहयोगमा हटाईएको बताउनुभयो । 

उहाँले शौचजस्तो प्राकृतिक विषयमा धेरै कडा हुन नसकेको तर ४०० घरधुरीमध्ये बाकिँ रहेका २४ घरधुरीमा पनि शौचालयको उचित व्यवस्थापन गरिदिन समितिका अध्यक्ष र सचिवलाई आग्रह गर्नुभएको छ । 
अभियन्ता चक्रबहादुर चन्दका अनुसार पछिल्लो ६ वर्षदेखि सफाइ अभियान निरन्तर चलिरहेको तर ठोस फोहर उठाएर मात्र समस्याको समाधान नहुने बताउनुभयो । उहाँले नदी किनारमा रहेका विभिन्न वस्तीहरुको उचित व्यवस्थापन गर्न, सरसफाइ र फोहर व्यवस्थापनबारे जानकारी गराउन र न्युनतम पूर्वाधार व्यवस्थापनमा सरकारे ध्यान दिनुपर्ने बताउनुभयो । 

नदी किनारमा खुला रुपले शौच गर्दा रोगका संक्रमणको सम्भावनाले स्वास्थ्यमा नकारात्मक असर परिरहेको र वातावरण तथा नदी प्रदुषित भईरहेकाले त्यस तर्फ सवैले ध्यान दिनुपर्ने देखिएको छ । नदी किनारका सुकुम्वासी बस्तीको व्यवस्थापनको दायित्व तीने तहका सरकारको रहेको त्यसमा सरोकारवाला निकायले पनि थप जिम्मेवार बनिदिन अभियन्ताले आग्रह गरेका छन् ।  

Give Us Feedback