img2
नगरका फोहर व्यवस्थापन गर्न प्रविधि आवाश्यक

काठमाडौका महानगर तथा नगरमा उत्पादन हुने फोहर व्यवस्थापनमा प्रविधिको आवश्यकता रहेको नागार्जुन नगरपालिकाकाकी नगर उप प्रमुख सुशीला अधिकारीले बताउनुभयो उहाँले घरबाट निस्कने फोहरलाई स्रोतमै वर्गिकरण गरि व्यवस्थापन गर्न सके त्यसको भार सिसडोलमा नपर्ने जानकारी गराउनुभयो । चिनिया कम्पनी गान्सु हेजिङ्गले आयोजना गरेको कार्यक्रममा फोहरलाई वातावरणीय हिसाबले नकारात्मक असर नपर्ने गरि बाल्ने मिल्ने प्रविधि Low temperature domestic waste pyrolysis system को बारेमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सु फिले जानकारी गराउनुभयो ।

सो प्रविधिबाट फोहर व्यवस्थापन गर्दा करिब ९५ प्रतिशत फोहर जलेर नष्ट हुने र बाकि रहेको खरानी ईटा भट्टा , सिमेन्ट कारखाना आदिमा प्रयोग गर्न सकिन्छ ।
आफुले चिन भ्रमण गर्दा सो प्रविधिको प्रयोग राम्रो भएकाले स्थानीय सरकारका प्रतिनिधि तथा कर्मचारीलाई यसबारे जानकारी गराईएको कृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले आफ्नो जनसंख्या र फोहर उत्पादनको आधारमा प्रविधि बनाउन सकिने बताउनुभयो । न्युन तापक्रममा फोहर बालेर व्यवस्थापन गर्न सकिने भएकाले त्यसको लागत तुलनात्मक रुपमा महंगो नहुने बताउनुभयो । सो प्रविधि जडान तथा संचालनका लागि २ रोपनी बराबरको जग्गा र करिब ५ करोड लगानी आवश्यक रहन्छ ।

 

Give Us Feedback