img2
खुला दिशा मुक्त क्षेत्र घोषणा अभियान: दक्षिण एशियामै उदाहरण बन्यो नेपाल

नेपालको सरसफाइ तथा खुला दिशामुक्त क्षेत्र घोषणा अभियान दक्षिण एशियामै सकारात्मक उदाहरण बनेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईन्जिनियर सुनिल कुमार दासले बताउनु भएको छ । सरकारको शुन्य अनुदान कार्यक्रम नागरिकको सहयोगले सफल भएको उहाँले बताउनु भयो । सन् २०११ सम्म करिब ४३ प्रतिशत मात्र घरधुरीमा शौचालयको उपलब्धता रहेकोमा करिब ८ वर्षको अन्तरालमा ९९ प्रतिशत भन्दा माथि पुग्नुले सरकार, नागरिक, विषय विज्ञ तथा सबै सरोकारवालाको सहकार्य र समन्वयको ज्वलन्त उदाहरण बनेको छ ।

ईको समाचारसगँ संवाद गर्दाको समयसम्म ६४ जिल्ला घोषणा भईसकेको  हो । शौचालयको प्रयोग, न्युनतम सुविधा तथा सफा पानीको उपलब्धता गराउनका लागि सरकार गृहकाय गरिरहेको समेत दासले बताउनु भएको छ ।हालसम्म करिब ५३ लाख ३० हजार ९११ घरधुरीले आफ्नो शौचालय निर्माण गरेको सरकारी तथ्याङ्क सार्वजनिक भएको छ । सरकारको अनुदानविना भएको यस खुला दिशा मुक्त क्षेत्र अभियान सफल रहेको बताउनुभयो । नागरिकले पक्की शौचालय निर्माण गर्दा १ शौचालय बराबर कुल खर्च १३ हजार १ सय ३३ लाग्ने रहेको जस अनुरुप करिब ७० अर्बको लगानी भएको छ ।

अनुदान रहितको यस अभियानले दक्षिण एशियामै चर्चा पाउनुका साथै सकारात्मक कार्य बनेको छ । विभागले तीनै तहका सरकारले खुला दिशा मुक्त क्षेत्र घोषणासगैँ अब पूर्ण सरसफाइ तर्फ सबैलाई केन्द्रित गर्न आग्रह गरेको छ ।

यद्यपी शौचालयको व्यवस्था र उचित प्रयोगका लागि अझै नागरिक माझ जनचेतना आवश्यक रहेको देखिन्छ । नागरिकका पहुँचमा रहेका शौचालयको उचित प्रयोग, सरकारका प्राथमिकता, आगामी चूनौती, पछिल्लो एक दशकमा सिकेका ज्ञानका विषयका साथसाथै नागरिकको आचरण र व्यवहार सुधार्न गरेका अभियानका सन्र्दभमा विभागका महानिर्देशक सुनिल कुमार दाससगँ गरिएको कुराकानीको सम्पमदित अंश

 

 

 

Give Us Feedback