img2
गोदावरी नदीलाई प्राकृतिक स्वरुपमा फर्काउने प्रयास, जेठ २२ मा मानव साङ्गलो बनाईने

गोदावरी नदीको प्राकृतिक र धार्मिक महत्वलाई पूरानै स्वरुपमा फर्काउन अभियन्ताको प्रयास जारी रहेको छ । गोदावरी कुण्डमा धार्मिक र पर्यटनका उद्देश्यले भ्रमण गर्ने मानिसको असावधानीका कारण फोहर बढ्दै गएपछि सफाइ अभियानको थालनी गरिएको हो । तुलनात्मक रुपमा काठमाडौ उपत्यकाका अन्य नदीभन्दा कम फोहर भएकाले पनि अभियन्ताले सफा नदीको सपना पूरा हुने विश्वास लिएका छन् ।
नदी सफाइको १२ औँ हप्ता सम्पन्न हुदाँ सुधारका संकेत र स्थानीयवासीको अग्रसरता उत्साहजनक रहेको अभियन्ता धिरेन्द्र शाहले बताउनु भयो । एक कार्यक्रममाविच गोदावरीका महिलासगँ साक्षात्कार गर्ने क्रममा गोदावरी नदी सफाइको सोच अघि सारेको र अहिले त्यसले गति लिएकोमा खुसी व्यक्त गर्नुभयो । प्रत्येक शनिवार हजारौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँको प्राकृतिक सौन्र्दयता र जैविक विबिधताबारे जानकारी लिन आउने भएकाले पनि सफाइ अत्यावश्यक रहेको बताउनु भयो । नदी सफाइको अवस्था र वातावरण दिवसको अवसरमा जेठ २२ गते बनाईने मानव साङ्गलोको उद्देश्यबारे उहाँको विचार ।
धेरै भन्दा धेरै नागरिकलाई वातावरण, सरसफाइ र सभ्यताकाबारे जानकारी दिने उद्देश्यले गोदावरी कुण्डदेखि बालकुमारी पुलसम्म सामाजिक अभियन्ता, राजनीतिक व्यक्तित्य, कलाकार, विद्यार्थी, स्थानीय सरिकारका प्रतिनिधि सुरक्षा निकाय तथा स्थानीयवासीको सक्रिय सहभागितामा मानव साङ्गलो बनाई अव फोहर नगर्नका लागि सचेत गराईने अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले बताउनु भयो । उहाँका अनुसार नदी सभ्यता र प्रकृतिको उपहार रहेकाले यसलाई प्राकृतिक रुपमै सफा र स्वच्छ बनाउन सबैको भूमिका रहने छ । विश्व वातावरण दिवसमा नागरिकको उपस्थितीका सम्बन्धमा उहाँले यस्तो धारणा व्यक्त गर्नुभयो ।
फोहर जसले गरेतापनि त्यसको असर हावा र पानीका माध्यमले सबैलाई पर्ने भएकाले गोदावरी कुण्ड, नदी तथा खोला सफा गर्न अग्रसर रहेको अभियन्ता मन्जु भट्टराईले बताउनुभयो । हिजमा दिनमा जान अन्जानमा मानिसले फोहर गरेतापनि अब सम्झाएर चेतना दिने काम शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले विभिन्न समुह तथा टोल सुधार समितिमार्फत जनचेतना अभिवृद्धि गर्ने, विद्यालयस्तरका कार्यक्रम संचालन तथा समुदायसगँ छलफल गरि सरसफाइलाई निरन्तरता दिएको बताउनुभयो । मानव साङ्गलो अभियानमा उर्जा थप्न र गोदावरी तथा नेपालभरका अन्य सफाइमा एक्यवद्धता सहितको सक्रिय सहभागिताका लागि आव्हान गरिएको जानकारी गराउनुभयो ।।
नागरिकको चेतना र सकारात्मक सोचका कारण मुलुकभर १ सय भन्दा बढी स्थानमा सफाइ अभियान चल्नुले पनि दायित्वबोधको उदाहरण दर्शाएको छ । एकाध चर्चा र प्रचारमुखी कार्यलाई छाडेर नागरिकको अग्रसरतामा हुने सामाजिक एवं सफाइका काममा क्षमता अनुरुपको सहयोगका लागि स्थानीय सरकार, गैर सरकारी तथा सरकारी संस्था, निजी क्षेत्र लगायत सबैमा अभियन्ताले आग्रह गरेका छन् ।
 

 

Give Us Feedback