img2
११४ औँ हप्तामा वाग्मती सफाइः शनिबार सफा, आईतबार फोहर


शहरमा वाग्मती नदी सफाइ चलेको थाह नपाउने कमै होलान् । हरेका शनिवार विहान ७ देखि ९ बजेसम्म गरिने सफाइ अभियानले वाग्मतीको स्वरुप फेरिएको छ । नदीमा ठोस फोहर हटाउन अभियन्ता लागि परेका छन् । नदी सफाइ भईरहेको छ । शनिवार सरसफाइको काम सकिन्छ अनि आईतबार नदीमा पूराना कपडा, प्लास्टिकका झोला, बोतल विभिन्न बट्टा तथा फोहरका पोका देखिन्छन् ।

माथि देखाईएको तस्विर वाग्मती नदीको टेकु खण्डको हो जँहा विभिन्न फोहर फलिएको भेटिएको छ । हामीले नदी किनार तर्फ गएर केहि वासिन्दालाई सोध्दा यो फोहर कसले फालेको भन्नेमा केहि थाहा नभएको तर यो बगाएर ल्याएको बताएका छन् । नदी स्थानीय सरकार र विशेष तह काठमाडौ र ललितपुर महानगरको सिमाना पनि हो । स्रोत सम्पन्न स्थानीय सरकार भएको २ वर्ष वितिसक्दा पनि स्थानीय सरकारको नदी सफाइमा कोरा उपस्थिती मात्र रहने गरेको छ । नदीको फोहर व्यवस्थापनमा जिम्मेवारी बोध भन्दापनि क्षेत्राधिकारको विषयमा हेरिएकाले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको प्रयास पूर्ण रुपमा सफल हुन सकेको छैन ।

नदी किनाराका सुकुम्वासी वस्ती तथा अन्य विभिन्न क्रियाकलापले नदीको कुरुपता झन् देखिएको छ । काठमाडौको सिनामंगल, थापाथली, बल्खु लगायत सुकुम्वासी बस्ती रहेको क्षेत्रमा तुलनात्मक रुपमा फोहर देखिएको छ ।
सामाजिक भावले नदी सफाइ गर्दै फोहर त टिप्ने तर समस्याको जरा पत्ता लगाई व्यवस्थापन नगर्ने हो भने नदीको स्वरुप पूरानै शैलीमा फर्काउन कठिन देखिन्छ । नदी सफाईमा नीतिगत व्यवस्था, जथाभावी फोहर फाल्नेलाई कडा सजाय तथा व्यवहारिक तहले व्यवस्थापन नगरे शनिवार सफाइ अनि फेरि आईतवार नदी फोहर हुने पक्रिया चलिरहनेछ ।

 

Give Us Feedback