img2
कस्ता छन् जलवायु परिवर्तनका असर ???

जलवायु परिवर्तनको  असर मुलुकको सबै भुभाग र क्षेत्रमा परिरहेको विभिन्न अध्ययनले देखाएको छ । धेरै क्षेत्रका नागरिकले यसको असर र जोखिमका भोग्न बाध्य भएका छन् । जलवायु परिवर्तनका कारण वातावरणीय तत्वहरुमा ह«ास आउनुका साथै धेरै स्थानमा पानीका मुहानहरु सुक्ने, मौसममा परिवर्तन, कृषि चक्रमा प्रभाव र ग्रामिण भेगमा भात भान्छामा समेत समस्या पारेको छ । जलवायु परिवर्तनले मुलत तापक्रममा वृद्धि र वर्षातमा परिवर्तन गरेको जलवायु विज्ञ राजेश राईले बताउनुभयो । उहाँले नेपालको पूर्वाधार निर्माण तथा अन्य विकासका काम गर्दा वातावरणीय तत्वमा सन्तुलन ल्याउन चर्चा अनुरुपको कार्यन्वयन नभएको बताउनुभयो ।
काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न स्थानमा वृदि भईरेहको तापक्रमको एउटा कारक जलवायु परिवर्तन पनि भएकाले यसको प्रभाव तथा असर न्युनीकरणमा सबैले ध्यान दिनुपर्ने देखिएको छ । हाम्रा पूर्खाले नदी, खोला, पोखरी तथा अन्य प्राकतिक सम्पदा संरक्षण गर्ने संस्कारलाई आधुनिक ज्ञान र प्रविधि सहित निरन्तरता दिनुपर्नेका उहाँले जोड दिनुभयो ।

प्राचिन पुर्खाले पोखरी खन्ने, चैतारा निमांर्ण तथा बाटो बनाउने कामले अनुकुलनमा सहयोग गर्ने भएतापनि आधुनिकता अनुशरण गर्ने क्रममा त्यसको प्रयोग रोकिनु दुखद रहेको बताउनुभयो । उहाँले प्राकृति एवं मानवमा आएको समस्याको कारक जलवायु परिवर्तन भएकाले न्युनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । जोखिम न्युनीकरणका लागि जलवायु परिवर्तन उत्थनशिल समाज निर्मांण गर्न विषय विज्ञ, तीनै तहका सरकार, नागरिक र सरोकारवाला विच साझा धरातल निर्माण गर्दै अगाडि बढ्न आवश्यक देखिएको छ । नेपालमा कार्वन उत्सर्जन विषय चर्चामा आएको जस्तो समस्या नरहेको भन्दै नेपालको आफ्नै मापदण्ड, दायरा र अनुक’लनका उपाय सुझाउन आवश्यक देखिएको छ ।  

मौसम र तापक्रममा आएको फेरबदललाई नागरिले सहज रुपमा आत्मसाथ गरेपनि यसको कारकका सम्बन्धका खासै चिन्तित भएको पाईदैन । जलवायु परिवर्तनका कारण वातावरणीय तत्वहरुको गुणस्तर खस्कदै गएकाले त्यसमा समेत ध्यान दिनुपर्ने देखिन्छ । धेरै स्थानमा अतिवृष्टि, अनावृष्टि खडेरी र बाढीजस्ता समस्या देखापरेको छ । हिमालमा हिउँ पग्लने क्रम बढ्नु, पहाडमा मौसममा परिवर्तन र तराईका धेरै भागमा भूमिगत पानीको तह द्रुत गतिले घट्दै गएकोले पानी आपूर्ति कठिन हुँदै गएको छ । तराईको भूमिगत पानी घट्दै गईरहेको छ ।

हिमालय क्षेत्र चुरे समेतमा हुने वनको हैसियत र भूमिगत पानीको तह विच के सम्बन्ध छ भन्ने विषयमा भरपर्दो तथ्य प्रकाशित छैन । मानिसले पानीकै कारण आफ्ना जमिन बाझो राखेर बस्न बाध्य भएका छन् जलवायु परिवर्तनको असरबारे नीतिगत देखि समुदायसम्म तीनै तहका सरकार र त्यसप्रति सरोकार राख्ने सबैले समाधानका लागि गृहकार्य गर्न आवश्यक देखिएको छ ।

Give Us Feedback