img2
नागार्जुनको सडकः दुरावस्थाको कारण के अनि कहिले हुन्छ सुधार ?


नागार्जुन नगरपालिकाको सीतापाईला भिमढु«ङ्गा धार्के सडकको दुरावस्थाका कारण नागरिकको दैनिकी असहज बनेको छ । सडक  निर्धारित समयमानै निर्माण हुन नसक्दा वातावरण प्रदुषण, धुलाका कारण नागरिकको आवत जावतमा समस्या बढ्नुका साथै जीवन थप कष्टकर बनेको छ । नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतले सडकको अवस्थाले विभिन्न समस्या सृजना गरेको र नागरिकको दुःख बुझ्दा बुझ्दै पनि नीतिगत र प्राविधिगत कारणले अपेक्षा अनुरुप काम गर्न नसकिएको बताउनुभयो । सडक निर्माण एव चौडाई ११ मिटर मा विस्तार गर्दा निर्माण पक्षको वेवास्ता र सडक विभागका कमजोरीका कारण झन् समस्या रहेको बताउनुभयो ।

कार्यक्रम ईको टकमा बोल्दै उहाँले नागरिकको सहजताका लागि नगरले तत्काल ग्रावेल गरेर स्तरोन्नत्ती गर्ने काम शुचारु गरेकाले यसमा सबै स्थानीयवासीलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले प्रदेश तथा संघीय सरकारले यसप्रति कम चासो दिएको र स्थानीय सरकारको क्षेत्राधिकारका कारण समस्या भएको बताउनुभयो ।
हालै मात्र सडकको अवस्था सुधारको माग राख्दै स्थानीयवासीले नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रमको पूर्ण पाठ बुधबार साझँ ६ः१६ बजे ईको समाचारमा हेर्न सकिनेछ ।

 

Give Us Feedback