img2
दुई पात्रका मुलुक सफा गर्ने सपना

मानिसले चेत र अर्धचेतमा देख्ने गरेका धेरै सपना पूरा हुन्छन् । सपना देखेपछि जुन विषय हामी आफन्त वा साथी भाईलाई सुनाउदा त्यतिबेला धेरैलाई पत्याउन गाह«ो हुन्छ । हामी मध्ये धेरैलाई सफा र सुन्दरर नेपाल सपनानै हौ भन्ने लाग्छ । नेपालमा तीनै तहका सरकारले फोहरमैला व्यवस्थापन तथा सरसफाइमा विभिन्न काम गरेपनि नागरिकका अपेक्षानुरुप सफा हुन सकेको छैन । यस्तै किर्तिपुरका दुई पात्र शुशिला मर्हजन तथा राजमान महर्जनको सपना अहिले धेरैलाई असम्भव प्राय बनेको छ  । धेरैले २०७८ सालसम्म कसरी सफा हुन्छ, नेपाल भनेर सोच्ने र सोध्ने गरेका छन् । यी पात्रका जवाफ एउटै छ अब केहि वर्षपछि ।
शरिरमा सेतो टिसर्ट लगाएर अनि हातमा कुचो बोक्दै नेपालका करिब ६२ वटा नगरपालिकामा सफाई गर्दै जनचेतना फैलाउदै र सबैलाई यसमा सहभागि हुन आग्रह गर्नुभएको छ । सडक, शहर वा सार्वजनिक स्थल सफा गर्दा नयाँ उर्जा र सपना पलाएको उहाँहरुले बताउनुभयो ।
सामाजिक अभियन्ता राजमान महर्जनका अनुसार प्रकृतिको उपहार सफा पृथ्वी र वातावरण उस्तैगरि फिर्ता गर्न आवश्यक रहेकाले यस अभियानमा लागेको बताउनुभयो । अनलाईन न्युज पोर्टल ईको समाचारको श्रव्यदृश्य संस्करण कार्यक्रम ईको टकमा कुरा गर्दै अभियन्ता द्धयले २०७८ माघ भित्र नेपाल सफा हुने बताउनुभएको छ । कार्यक्रमको पूर्ण पाठ बुधबार साझँ ६ः१६ बजे ईको टिभीमा हेर्न सकिनेछ ।

 

Give Us Feedback