img2
वायु प्रदुषण न्युनीकरण गर्न सरकारको तदारुपता

सरकारले यस वर्षको वातावरण दिवसमा वायु प्रदुषण न्युनीकरणको विषयलाई जोड दिदै काम गर्ने वन तथा वातवरण मन्त्रालयले जनाएको छ । काठमाडौ उपत्यका तथा देशका प्रमुख शहरमा बढ्दै गएको प्रदुषणका कारक तत्वका पहिचान गरि न्युनीकरणमा सबै कार्यक्रम केन्द्रित रहने मन्त्रालयका सह सचिव डा. सिन्धु प्रसाद ढुगांनाले जानकारी गराउनुभयो । सडक निर्माण, उद्योग कल कारखाना, सवारी साधनबाट निस्कने धुँवा धुलोका कारण धेरैजसो प्रदुषण मापन यन्त्रमा रातो देखिने गरेको उहाँले बताउनुभयो । यस वर्षको वातावरण दिवस राजधानी केन्द्रित भन्दापनि  प्रदेश नं ५, कर्णली प्रदेश र सुदुर पश्चिम प्रदेशका नागरिक, प्रदेश सरकार र नीति निर्मातालाई लक्षित गर्दै नेपालगन्जमा कार्यक्रम गर्ने प्रारम्भिक तयारी रहेको बताउनुभयो ।

उहाँका अनुसार नागरिकले आफ्नो व्यवहार तथा पूर्वाधार निर्माणमा विशेष ध्यान दिन तथा वायु प्रदुषणका कारण हुने असर र निराकरणका विषयमा सूचना दिने तथा बहुपक्षिय सरोकारका विषयमा जानकारी गराईने बताउनुभयो । वातावरण दिवस मनाउने सन्र्दभ र बायु प्रदुषणका सम्बन्धमा उहाँको विचार ।

 

Give Us Feedback