img2
चर्को घाममा उभिएर के काम ??

हामी मध्य धेरैलाई मौसम अनुसार ज्यादा गर्मी र जाडो भएको मार हसुस हुन्छ । यो तापक्रमको अनुभुती गर्छौ तर कारक थाह पाउदैनौ । गत शुक्रबार वातावरणप्रति चासो राख्ने युवाहरुले लैनचौरको अमृत साईन्स क्याम्पस अगाडि चर्को द्धाममा एक घण्टा उभिदा यसको कारण धेरैलाई थाह भएन ।

ईको समाचारका प्रतिनिधिले चर्को घाममा उभिने कारणबारे सोध्दा अभियानका संयोजक आशिष लामिछानेले विश्वमा जलवायु परिवर्तनका कारण वातावरण, कृषि,मानव जाती तथा अन्य क्षेत्रमा परिरहेको असरबारे जानकारी गराउन र सम्भावित अतराबाट बच्न क्लाईमेट स्ट्राईक अभियान चलाईएको बताउनुभयो । करिब १ सय भन्दा बढी युवाहरुले वातावरणमा जलवायु परिवर्तनले पारेको असरबारे जानकारीमुलक प्लेकार्ड तथा पोस्टर बोकेर साझा अभियानमा सहभागि भएका थिए । प्रत्येक वर्ष पृध्वीको तापक्रम १.५ डिग्री सेल्सियसले बढ्दै गएकाले यसबारे धेरै भन्दा धेरै नागरिकलाई जानकारी दिने उद्देश्य रहेको छ ।

विभिन्न विषयमा अध्ययनरत युवाले जलवायु परिवर्तको कारक नेपाल नभएपनि असर परिरहेकाले यसबारे नीतिगत र व्यवहार सुधार्न आवश्यक रहेको बताए । कार्यक्रममा ईको नेटवर्क, वातावरण वित्रान अध्ययनरत विद्यार्थी, वातावरणप्रति सरोकारवाला युवा तथा विदेशी अभियन्ताहरको पनि सहभागिता रहेको थियो ।

हामी सबैको साझा घर पृथ्वीको रक्षा गर्न र वातावरणीय मुद्धामा सचेत बन्न ईको नेटवर्ककी प्रतिनिधि सरु प्याकुरेलले सबैलाई आग्रह गर्नुभयो । उहाँले सरसफाइ, वृक्षरोपण, प्रदुषण न्युनीकरण, जलवायु परिवर्तका विषय  लगायत अन्य वातावरणीय मुद्धामा विश्वकै प्राथमिकतामा परेकाले नेपालमा पनि यस्ता कार्यक्रममा सबैको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै संयोजक लामिछानेले वातावरणका विषय अझपनि वैकल्पिक र कम सरोकारका विषय रहेकाले यसमा सबैले बहस गर्दै समाधान खोज्न तर्फ प्रेरित हुनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि वातावरणका विभिन्न विषयमा छलफल तथा अन्य क्रियाकलाप गर्ने योजना रहेकाले यस विषयमा आ आफ्नो क्षेत्रमा सूचना तथा जानकारी दिन आग्रह गनुभयो । कार्यक्रम करिव १५० भन्दा बढी देशमा आयोजना भएको थियो ।

 

Give Us Feedback