img2
सरसफाई नगरेकै कारण दैनिक ३० जना बालबालिकाको मृत्यु

नेपालमा वातावरण फोहरका कारण दैनिक ३० जना वालवालिकाको मृत्यु हुने गरेको अध्ययनले पुष्टि गरेको छ । सरसफाइमा संचार माध्यमको भूमिका विषयक अन्र्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै फोहर वातावरण र खुला शौचका कारण हुने विभिन्न संक्रमणको असर वालवालिकालाई बढी पर्ने गरेको खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्र्तगत ढल व्यवस्थापन तथा (वातावरणीय सरसफाइ शाखा प्रमुख ईन्जिनियर देवेन्द्र कुमार झाले बताउनुभयो । उहाँका अनुसार खुला दिशा क्षेत्र घोषण बाकि १३ जिल्लामा काम भईरहेको र यसै आर्थिक वर्षभित्र लक्ष्यमा पुग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मालृ सरसफाइ र खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम सकारात्मक रुपले अघि बढेको र नागरिकको स्वास्थ्य र शहरी सफाइका विषयमा सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
नेपाली संचार माध्यममा सरसफाइ तथा ढल व्यवस्थापनका विषय तुलानात्मक रुपमा कम स्थान पाउने भएकाले यसमा सुधारात्मक र सकारात्मक बहस पैरवी आवश्यक रहेको नागरिक दैनिकका सम्पादक गुणराज लुईटेलले बताउनुभयो । उहाँले सरसफाइ र शोचालय व्यवस्थापन आफैमा प्राविधिक विषय भएकाले यसतर्फ पत्रकारको विषय विज्ञता र समाचार लेखनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
सरसफाइ सबैका लागि आवाश्यक भएतापनि प्रचारमुखी भन्दा व्यवहार सुधार तर्फ जोड दिनुपर्ने देखिएको छ । काठमाडौ मेडिकल कलेजका प्रा. डा.सुनिल कुमार जोशीले फोहर वातावरण, फोहर पिउने पानी तथा खुला शौचका कारण मानव स्वास्थ्मा लाग्न सक्ने रोग र सम्भावित रोगबाट बच्न सक्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नेपाली समाजमा अशिक्षा र अज्ञानताका कारण पनि सरसफाइलाई कम प्राथमिकता दिने गरिएकोले सबै नागरिकमा चेतनाच फैलाउन संचार माध्यमले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

सरसफाइ नगरेकै कारण विभिन्न समय हुने गरेको महामारीका विषयलाई उद्दृत गर्दै सहभागी एवं टक ट्वाईलेटका प्रतिनिधि प्रकाश अमात्यले नेपाली संचार माध्यम घटना प्रदान समाचारमा मात्र केन्द्रित हुन नहुने बताउनुभयो । उहाँले प्रत्येक नागरिकको सोच र व्यवहारमा परिवर्तन नआएसम्म सुधार असम्भा भएकाले सबै प्रकारका संचार माध्यमले यस्ता विषयमा खोज तथा अनुसन्धनात्मक विषय पस्कने आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै खानेपानी तथा सरसफाइ  उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्यालले सरसफाइ र शौच मानव जीवनका बहुपक्षिय विषयमा सरोकार राख्ने भएकाले उपलब्ध स्रोत र साधनको प्रयोग गर्दै तल्लो तहका नागरिक केन्द्रित कार्यक्रम गर्न सके परिवर्तन सम्भव रहेको बताउनुभयो । उहाँले सरसफाइको विषय सरकार वा निश्चित निकाय भन्दापनि सबैको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो ।

खुला दिशा क्षेत्र घोषणा र पूर्ण सरसफाइ क्षेत्रजस्ता प्राविधिक विषयमा संचारमाध्यम तथा पत्रकारहरुलाई विशेष तालिम पद्यान गर्न तथा सूचना संकलनमा सहज पहुँचका लागि सरकारले गृहकार्य गर्नुपर्ने वास मिडिया फारमकि अध्यक्ष मनीषा अवस्थीले बताउनुभयो । कार्यक्रममा वातावरण र सरसफाइ क्षेत्रमा कार्यरत संंघ संस्था, दातृ निकायका प्रतिनिधि, विषय बिज्ञ तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।

 

 

Give Us Feedback