
कलंकी-कोटेश्वर सडक खण्डमा वृक्षरोपण, कसरी बन्छ जङ्गल भित्र शहर ??
नेपाल सरकारले असार १४ गते शनिबार राष्ट्रिय वृक्षरोपण दिवस २०७६ को अवसरका काठमाडौमा करिब ३ हजार भन्दा बढी विरुवा रोप्ने भएको छ । शहरी सौन्र्दयता बढाउदै प्रदुषण न्युनीकरण गर्न कोटेश्वर कंलकी सडक खण्डमा प्रधानमन्त्री के.पी शर्मा ओलीको उपस्थितीमा वृक्षरोपण गर्न लागिएको हो ।
वन तथा भू संरक्षण मन्त्रालयको संयोजनमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र, दातृ निकाय , सामाजिक संघ संस्था, नागरिक समाजका प्रतिनिधि लगायतका नागरिकको उपस्थिती रहने छ । शहरमा बसोबास गर्न सबैको रहर भईरहदा उच्च जनघनत्वले वातावरणमा पर्दै गएको नकारात्मक असर न्युनीकरण गर्न विशेष अभियानको थालनी गरिएको छ ।
न्युनतम ५ फुट उचाई भएका चीनमा पाईने गिन्कोवाईलोबा, नेपालमा पाईने तेजपात, कल्की, राजवृक्ष, ज्याकराण्डा लगायतका विरुवा रोप्ने र त्यसलाई हुर्काउनका लागि स्थानीय सरकार, निजी संघ संस्था, क्लव तथा अन्य नागरिकलाई विशेष आव्हान गरिने विभागका उप महानिर्देशक डा. राजेन्द्र केंसीले बताउनुभयो ।
उहाँले विभिन्न संघ संस्थाबाट प्राप्त विरुवासहितको हिसाबले करिब डेढ देखि २ करोडसम्मको खर्च हुने जानकारी गराउदै असार १६ गते सार्वजनिक लेखा परिक्षण गर्ने समेत बताउनुभयो ।
राष्ट्रिय वृक्षरोपण दिवस २०७६ का बहुपक्षिय सरोकारका विषयका ईको समाचारले विभागका उप महानिर्देशक डा. राजेन्द्र के.सीसगँ गरेको कुराकानीको सम्पादित अंश ।