img2
बस्न रहर नभएको शहर हो, काठमाडौ

काठमाडौ सबैको आशा र भरोसाको केन्द्रविन्दु बनेको छ । काठमाडौ शहर हो तर यहाँ बस्न धेरैलाई रहर छेन,जसमध्य एक कारण बन्ने गर्छ फोहरमैला व्यवस्थापन । काठमाडौ महानगरको मैतिदेवी तथा धोवीधारा क्षेत्रमा फोहरका थूप्रा लागेका छन् ।

सरसफाइ अभियन्ता राधे मित्तका अनुसार सडक किनारमा जम्मा भएको फोहर उठाउनका लागि महानगरको वातावरण विभागलाई आग्रह गरेपनि खासै समस्या समाधान नभएको उहाँले बताउनुभयो । पैदलयात्री देखि त्यस क्षेत्रमा व्यवसाय गर्ने तथा यात्रा गर्ने सबैलाई समस्या परेको देखिन्छ ।

औपचारिक कार्यक्रममा स्मार्ट सिटीको चर्चा गरिरहदा यहाँको फोहरले जिस्काईरहेको अनुभुती हुन्छ । अव्यवस्थित फोहरका कारण वातावरण तथा मानव स्वास्थ्यमा परेको प्रभावको तत्कालीन तथा दीर्घकालिन समस्या धेरै रहेको छ ।

अर्को तर्फ घरबाट फालेपछि फोहरको असर सकियो भनेर सोच्ने नागरिकले पनि ध्यान दिनुपर्ने देखिन्छ । फोहर केहि कारणले नउठेमा त्यसलाई घरमा व्यवस्थापन गर्न सके त्यसको असरमा कमि ल्याउन सकिने विज्ञहरु बताउछन् ।

सडक किनारका फोहर हेर्दा सरकार तथा विभिन्न संघ संस्थाले फोहर वर्गिकरणमा प्राविधिक तथा जनचेतना जगाउन खर्चेको रकम र समय व्यर्थ भएको अनुभूती अभियन्ता मित्तले गर्नुभएको छ । उहाँका अनुसार खेर गएका खाना, कुहिएका फलफूल, तरकारीका बोक्राजस्ता कुहिने फोहर तथा प्लास्टिक, डाईपर, झोला, चाउृचाउका खोलजस्ता नकुहिने फोहरलाई यत्रतत्र बनाएर फालिएको छ । सडक तथा सार्वजनिक स्थलका अव्यवस्थित फोहरले यहाँका नागरिकको चेतना, सैस्कार तथा वातावरण प्रतिको जिम्मेवारी कम र पूरातन भएको महसुस धेरैले गरेका छन् ।

स्थानीय सरकार तथा अन्य दुवैतहका सरकारका जिम्मेवार व्यक्ति हिड्ने सडकको अवस्था त यस्तो विजोग छ भने अन्त कस्तो होला ? धेरैले प्रश्न गरिरहेका छन् । यसरी फोहर फाल्ने  तथा फोहर व्यवस्थापनको जिम्मा लिने निजी क्षेत्र वा सरकारी निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Give Us Feedback