img2
वाग्मती नदीमा फोहर गर्नेलाई दण्ड जरिवाना गर्दै जनताका माझ सार्वजनिक गर्नुपर्छ

वाग्मती नदी सफाइ अभियानमा पछिल्लो ६ बर्ष क्रियाशिल रहदाँ एउटा सकारात्मक उर्जा जीवनमा थपेको  अभियन्ता डा लक्ष्मी पौड्यालले बताउनुभयो । हिजको दल दल हिलो, गन्हाउने फोहरले मृत बनेको नदीले सास प्राप्त गरेको र अब लाखौँ अभियन्ताको सपना अनुरुप नुहाउन सक्ने वातावरण सबै मिलेर बनाउन आग्रह गर्नुभयो ।

उहाँले आफुलाई मात्र नभई धेरै अभियन्तालाई जीवनमा सकारात्मक उर्जा मिलेको बताउनुभयो । सामाजिक अभियानको सफल नमूना बनेको वाग्मती नदीलाई स्थानीय सरकारका जनप्रिितनिधि तथा सरकारको कार्यक्रमले विशेष रुपमा सम्बोधन गर्नुपर्ने देखिएको छ । सरसफाइ अभियान चलिरहने तर फोहरमैला नदीमा लुकी लुकी फाल्नेलाई प्रहरी प्रशासन तथा अभियन्ताको सक्रिय सहभागितामा समातेर दण्ड जरिवाना गर्न तथा नागरिकका विच सार्वजनिक गर्न स्थानीय सरकार तयार हुनुपर्ने देखिएको छ ।

काठमाडौ उपत्यकामा अन्जानमा भन्दापनि हेपाहा प्रवृत्तिको बढी विकास भएकाले यसमा समयमै सोच बदल्नु आवश्यक छ । नदी सफाइका सम्बन्धमा अभियन्ता डा लक्ष्मी पौड्यालको विचार

 

 

Give Us Feedback