img2
नदी सफाइमा स्थानीय सरकालाई थप जिम्मेवार बन्न आग्रह

वाग्मती नदी एवं मुलुकभरका जल सम्पदा सफाइ तथा संरक्षण गर्न वाग्मती अभियन्ताले स्थानीय सरकारलाई आग्रह गरेका छन् । अभियन्ताको मेहेनत र क्रियाशिलताले वाग्मती नदी सफाइको ३१६ औँ हप्ता सम्पन्न भएको छ । अहिले नदीमा ठोस फोहरको मात्रा कम भएतापनि अपेक्षा अनुरुपको तरल फोहर व्यवस्थापन गर्न नसकिएको अभियन्ता किशोर सिर्ह शाहीले बताउनुभयो । उहाँले स्थानीय सरकार स्रोत व्यवस्थापन र कानुनी आधार बनाउन सक्ने भएकाले पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो । नदी सफाइमा सुकुम्वासी समस्या, ढल व्यवस्थापन र लुकी चोरी फोहर फाल्ने प्रवृत्ति पूर्ण रपले नहटेको उहाँले बताउनुभयो ।

विश्व वातावरण दिवसको अवसरमा ईको समाचारसगँ कुरा गर्दै उहाँले प्रकृति र सर्यावरण साझा सम्पत्ती रहेकाले यसमा सबैको सहयोग र सद्भाव आवश्यक पर्ने बताउनुभयो । वाग्मती लगायत देशै भरका नदी अभियन्ता वा सरकारको मात्र पहले भन्दापनि सामुहिक प्रयास भए नदीहरुलाई प्राकृतिक स्वरुपमा फर्काउन सकिनेमा उहाँको जोड थियो । नदी सरसफाइ तथा वातावरण संरक्षणका सन्र्दभमा उहाँको विचार ।

 

Give Us Feedback