img2
२० औँ राष्ट्रिय सरसफाइ सप्ताह सम्पन्न

खानेपानी तथा ढल व्यवस्थापन विभागले २० औँ राष्ट्रिय सरसफाइ सप्ताहको एक कार्यक्रमकाविच समापन गरेको छ । संघ प्रदेश र स्थानीय सरकार, संमृद्धिको आधार भन्ने नारालाई आत्मसाथ गर्दै विभाग परिसरमा वृक्षरोपण कार्यक्रम गरिएको हो । खानेपानी मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माको प्रमुख आतिथ्यतामा आयोजिक कमर्यक्रममा विभागले सरसफाइ, शौचालय निर्माण तथा खुला दिशा मुक्त क्षेत्र घोषणा कार्यक्रममा पाएकाृ सफलता र आगामी प्राथमिकताबारे ईन्जिनियर देवेन्द्र कुमार झाले कार्यपत्र मार्फत प्रस्तुत गर्नुभएको थियो ।

विभागको अग्रसरता र नागरिकको सक्रिय सहभागिताका कारण ६४ जिल्लाका करिब ९९ प्रतिशत घरधुरीमा शौचालय निर्माण सम्पन्न भईसकेको छ । जेठ २२ देखि २८ सम्म सप्ताहव्यापी रुपमा भएका विभिन्न चेतनामूलक कार्यक्रम, वृक्षरोपण, सरसफाइ छलफल लगायतका कार्यक्रमको सकारात्मक प्रभाव पारेको सहभागिहरुले बताए ।

कार्यक्रममा बोल्दै मन्त्रालय सचिव शर्माले विभागको कामलाई तिव्रता दिदै तीनै तहको सरकारले खुला दिशा मुक्त क्षेत्र घोषणा तथा पूर्ण सरसफाइलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले सरकारको प्राथमिकतामा रहेको सरसफाइमा विषय विज्ञ, दातृ निकाय तथा अन्य सरोकारवालालाई थप जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो ।

 

Give Us Feedback