img2
“स्वच्छ वायु स्वस्थ जीवन” मा वाग्मती अभियन्ताको पनि साथ

वातावरण दिवसको अवसरमा सरकारले संचालन गरेका विभिन्न चेतनामुलक कार्यक्रम, सरसफाइ, वृक्षरोपण, छलफल तथा अन्य कार्यक्रममा वाग्मती अभियन्ता पनि सक्रिय सहभागी जनाउने भएका छन् । यस वर्षको वातावरण दिवस वायु प्रदुषयामा केन्द्रित रहेको र वाग्मती अभियन्ता विगत ६ वर्षदेखि वायु तथा वल प्रदुषय न्युनीकरणमा काम गर्दै आएको अभियन्ता चक्रबहादुर चन्दले जानकारी गराउनुभयो । उहाँले नदी किनारमा फोहर बाल्ने तथा खुला रुपले विभिन्न स्थानमा फोहर फाल्नेलाई कारवाहीको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

औद्योगीकरण, उच्च जनघनत्वका, पूर्वाधार निर्माण तथा अन्य विभिन्न गतिविधिले उपत्यकाको वायुको गुणस्तर खस्कदै गएको विभिन्न अध्ययन तथा प्रदुषण मापन यन्त्रले देखाईरहेको छ । नागरिकलाई प्रदुषणबाट बच्न आग्रह गर्दै सबैले प्रदुषण न्युनीकरणका काम गर्न आग्रह गरिएको छ । उपत्यकाको वातावरण तथा नदी सरसफाइका सम्बन्धमा उहाँको विचार ।

 

Give Us Feedback