img2
वातावरण विभागद्धारा सप्ताहव्यापी कार्यक्रम समापन

वातावरण विभागले विश्व वातावरण दिवस २०१९ को अवसरमा सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यताका आयोजीत कार्यक्रममा विभागले वातावरण संरक्षण तथा वायु प्रदुषण न्युनीकरणमा विशेष अभियान संचालन गरेको वातावरण विभागका महानिर्देशक नारायण सापकोटाले जानकारी गराउनुभयो । प्रादेशिक तथा स्थानीय सरकारलाई वातावरणका विषयमा जानकारी गराउन तथा छलफलका लागि प्रदेश ५ को बाँकेमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा विशेष समरोह र १६ बुदेँ घोषणा पत्र जारी गरेको, सरसफाइ तथा वृक्षरोपण कार्यक्रम साईकल ¥याली, सवारी साधनको प्रदुषण मापन लगायत विभिन्न चेतनामूलक कार्यक्रम गरिएको विभागले जनाएको छ ।

समापन समारोहमा विभिन्न क्षेत्रबाट वातावरणका विषयमा रचनात्मक योगदान पु्र्याउने पत्रकार प्रगती ढकाल, वातावरण कानुनका ज्ञाता पद्म श्रेष्ठ र ईन्जिनियर मनोज कुमार गुप्तालाई सम्मान पत्र तथा जनही ५० हजार राशीले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले यस वर्ष स्वच्छ वायु, स्वस्थ जीवनको नारालाइ सार्थकता दिदै तीनै तहका  सरकारले विशेष कार्यक्रम गरेको र आगामी दिनमा यसमा थप प्राथमिकता दिने बताउनुभयो । प्रदेश ५को बाकेँमा जारी गरिएको १६ बुदेँ घोषणा पत्रलाई व्यवहारमा लागु गर्न मन्त्रालय नीति। कानुन। जनशक्ति र स्रोत व्यवस्थापनमा प्रतिवद्ध रहेकाले अन्य सरकार। विषय विज्ञ तथा नागरिकलाई सहयोगको लागि अपिल गर्नुभएको छ । कार्यक्रममा विभागले प्रकाशन गरेको जर्नल सार्वजनिक गरिएको थियो । यससगै रचनात्मक गित मार्फत नागरिकलाई चेतना अभिवृद्धि गर्ने उद्देश्यले कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममो बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वातावरणमा विभिन्न विषय सम्बोधन गर्न सरकार तयार रहेको र यसमा सबैको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

 

Give Us Feedback