img2
अर्को जन्मदिनमा वाग्मती नदीमा नुहाउन पाउँ : अभियन्ता पौड्याल

वाग्मती नदी सरसफाइको ३१६ औँ हप्ता समपन्न भएको छ । सयौको संख्यामा उपस्थित अभियन्ताहरुले काठमाडौको मिनभवनमा सरसफाइ गरेका छन् । सरसफाइ कार्यक्रम पश्चात आफ्नो जन्मदिनको अवसरमा वाग्मती अभियन्ता द्धय डा लक्ष्मी पौड्याल र कन्चन रावतले नदी किनारमा वृक्षरोपण गर्नुभएको छ । अभियन्ता पौड्यालले प्रत्येक अभियन्ताको जन्मदिन वाग्मती नदी किनारमा वातावरण र वृक्षको सम्बन्धलाई कायम राख्दा खुसी व्यक्त गर्नुभयो ।

उहाँले वाग्मती सफाइ अभियानले नदीको स्वरुपमा सुधार आएको र अबको एक वर्षमा नदीमा मिसाईएको ढल व्यवस्थापन गरेर पानी सफा भएसगैँ नदीमा नुहाउन ईच्छा रहेको व्यक्त गर्नुभयो । सरकारका जीम्मेवार निकायले अझ गृहकार्य गरेमा त्यो दिन टाढा नरहेको उहाँले बताउनुभयो ।

नागरिकको जन्मदिन वातावरण र पर्यावरणमा योगदान गरेर मनाउदा सामाजिक र मानसिक सुख प्राप्त भएको अभियन्ता कन्चन रावतले बताउनुभयो । उहाँले सेलिब्रेसन प्लान्टको अभियान शुरु गरेको जानकारी गराउदै धेरै भन्दा धेरै अभियन्ताको जन्मदिनमा वृक्षरोपण गरेर पाक निर्माणका लागि सरकारी निकायलाई जग्गा उपलब्ध गराईदिन आग्रह गर्नुभयो ।

अहिले भईरहेका वृक्षरोपणका कार्यक्रम विभिन्न स्थानका नदी किनारमा भएकाले त्यसको विकासक्रम र उपलब्धी हेर्न धेरै समय खर्चन परेको बताउनुभयो । प्रत्येक अभियन्ता वा नेपाली नागरिकले आफ्नो जन्मदिनमा एउटा मात्र विरुवा रोपे सरकारी कार्यक्रम भन्दा प्रभावकारी रहने र त्यसको स्वामित्व  नागरिकमा जाने बताउनुभयो ।


अभियन्ताको सफाइप्रतिको उत्साह र उर्जाले मुलुकका एक सयभन्दा बढी स्थानमा सफाइ अभियान चलेका छन् र धेरै सुधारका काम भएका स्थानीववासीले महसुस गरेका छन् ।

 

Give Us Feedback