img2
विरुवा बाड्ने रहरले दिलाएको आत्मसन्तुष्टि

मानिसको सोच स्वभाव र त्यहि अनुरुपको व्यवहार फरक हुने गर्छ । सबैलाई आ आफ्नै खालका रहर लाग्छन् । प्रदेश नं ५ बाकेँका हेमन्त काफ्लेलाई पनि अचम्मको सोख रहेको छ, त्यो हो विरुवा बाड्ने । बाल्यकाल टिकापुरमा विताउनुभएका काफ्लेले वातावरण संरक्षण र हरित अभियानमा आफ्नो समय व्यतित् गर्न मन पराउने बताउनुहुन्छ । उहाँले करिब ३५ वर्षको उमेरसम्म आईपुग्दा करिब २१ देशका २० हजार जना मानिसलाई विरुवा बाडिसकेको जानकारी गराउनुभयो ।

वातावरण तथा मानव जीवन जोगाउनका निम्ति रुख विरुवाको भूमिका रहेको स्मरण गर्दै आफ्नो स्रोतले भ्याएसम्म र वनस्पती विभागको सहयोगले गर्दा यो अभियान सार्थक भएको हो ।
ईको समाचारले तपाईलाई विरुवा बाड्ने कस्तो सोक हो ? यो नशा कसरी लाग्यो भन्ने प्रश्नमा उहाँले समाजप्रति केहि गर्नुपर्ने उद्देश्य बाल्यकालदेखिनै राखेकाले वातावरणका क्षेत्रमा कदम चालेको बताउनुभयो । उहाँले पिपल, सितल चिनी ल गायतका विभिन्न विरुवा मानिसका जन्मदिन, विशेष अवसर तथा संघ संस्थाका दिनमा विरुवा वाडेर रोप्न र हुर्काउनका निम्ति आग्रह गर्नुभएको छ । आधुनिक समयमा वातावरण तथा प्रकृति संरक्षणका विषय अझै वैकल्पिक बन्ने गरेकाले धेरैको ध्यान जान सकेको छैन ।

नागरिकको चेतना र वातावरणप्रतिको जिम्मेवारी बोधले सुधारका संकेत देखिएका छन् ।  हालसम्म विभिन्न देशका संचारमाध्यमका विषय र संघ संस्थाबमट सम्मान प्राप्त गर्नुभएका काफ्लेलाई अझे उमेर र स्रोतले साथ दिएसम्म वातावरण संरक्षण तथा हरियाली प्रवद्धनका लागि सबैलाई प्रेरित गर्ने बताउनुभएको छ । शिक्षण पेशमा संलग्न काफ्ले, आफ्ना विद्यालय तथा कलेजका विद्यार्थीहरुलाई समेत यस हरित अभियानमा सक्रिय सहभागिता गराउदै सामाजिक सन्देश प्रवाह गर्न व्यस्त रहनुभएको छ । नागरिकका सुधार र सकारात्मक सोचसहितका यस्ता अभियानमा राज्य तथा सम्बन्धित सबैले सहयोग गरे थप प्रभावकारी बन्नेमा विश्वस्त हुन सकिन्छ ।

 

Give Us Feedback