img2
खोई फोहर ? खोलाले बगायो

काठमाडौका नदीमा पानीको बहाव बढेसगैँ फोहर हटेर सफा देखिने गरेका छन् । वाग्मती नदीको सफाइ पश्चात हटेका ठोस फोहरबाहेक अन्य नदीका केहि खण्ड छोडेर फोहर देखिने गरेको छ । वर्षातसगैँ बढेको पानीले विष्णुमती, धोवीखोला लगायतका क्षेत्रमा ठूलो मात्राको फोहर बगाएर लगेको छ । अहिले नदस्को् स्वरुप परिवर्तन भई सफा देखिएतापनि वाग्मती बाहेकका अन्य नदीमा अझै फोहर फाल्ने क्रम रोकिएको छैन ।

विष्णुमति नदी छेउ बस्दै आउनुभएका भरत दर्लामीका अनुसार रातको समयमा दुई पाग्रे र चार पाग्रे सवारी साधनबाट आएर नदीमा फोहर फाल्ने गरेका छन् । यसैगरि केहि नजिकका साना होटल, गार्मेन्ट तथा पुल व्यवसायले पनि फोहर फालेका छन् । जथाभावी फोहर नफाल्न स्थानीय सरकार तथा संघ संस्थाका प्रतिनिधिले आग्रह गरेपनि नागरिकको हेपाहा प्रवृत्ति अझै हटेको छैन । आफ्ना घर, पसm तथा व्यवसायको फोहर नदी किनारामा फाल्ने र बगाएर लैजादा समस्या समाधान भएको सोच्नु गलत रहेको छ । नागरिकको सोत र व्यवहारमा परिवर्तन नआएसम्म फोहर समस्याकै रुपमा देखिने गरेको छ । स्थानीय सरकारले जथाभावी फोहर फाल्ने क्रमलाई निरुत्साहन गर्न अनुगमन गर्ने, वैकल्पिक व्यवस्था गर्ने तथा दण्ड जरीवानाको व्यवस्था गर्नुपर्ने देखिएको छ ।

वातावरण तथा शहरी सौन्र्दयतामा नकारात्मक असर पर्ने जान्दाजान्दै फोहर व्यवस्थापन देखिएका कमजोरी समाधान तर्फ सरोकारवालाले ध्यान दिनुपर्ने देखिएको छ । खोलामा बढेको पानीको बहावले फोहर बगाएर लैजादैमा समस्या समाधान नभई झन् विकराल हुने विज्ञहरुले बताएका छन् । पानी तथ जमिनमा प्रदुषण गर्ने तथा फोहरसगैँ फालिएका रसायनले समयक्रमसगैँ नकारात्मक असर पुर्याउने बताईएको छ । नदी किनारामा फोहर फालेर वातावरणीय तत्वको गुणस्तर घटाउन तथा भावी पूस्ताको भविष्य अन्धकारमा नलैजान सबैमा आग्रह गरिएको छ ।

 

Give Us Feedback