img2
लघु जलविद्युत आयोजना:किन राष्ट्रिय प्रशारणमा जोड्ने ?

स्थानीय रुपमा उपलब्ध जलसम्पदाको सदुपयोग गरि समुदाय द्धारा समुदायका लागि उत्पादनहुने लघु तथा साना जलविद्युत आयोजनाले उर्जामा नागरिकको पहुचँ विस्तार तथा दैनिकिमा सहजता ल्याएको छ । सन् १९६२ मा गोदावरीमा शुचारु गरिुएको ५ किलोवाटको विद्युत आयोजनासगैँ  लघु जलविद्युतको स्थापनाले संख्यामा वृद्धि मात्र नभई नविकरणीय उर्जाको क्षेत्रमा ठूलो परिवर्तन गरेको छ । हाल सम्म करिब ३ हजार भन्दा बढी लघु तथा साना  जलविद्युत आयोजना नेपालका विभिन्न भागमा संचालनमा आएका छन् ।

नागरिकमा उर्जाको पहुँच पुर्याउन विगतमा स्थापना भएका लघु जलबिद्युत आयोजना नेपाल विद्युत प्राधिकरणकोे राष्ट्रिय प्रशारणमा जोड्न विज्ञहरुले सुझाएका छन् । नेपालमा संचालनमा भएका लघु जलविद्युत आयोजना संचालनमा देखिएका नीतिगत समस्या, पूर्वाधारको उपलब्धता, नयाँ प्रविधि र दक्ष जनशक्तिको उचित व्यवस्था आवश्यक देखिएको छ । नुवाकोटमा रहेको स्याउरेभूमि जलविद्युत आयोजनको आयोजना राष्ट्रिय प्रशारणमा जडान भएपछि वार्षिक आम्दानी बढेको अध्यक्ष सुदर्शन बुढाथोकीले बताउनुभयो ।  आयोजना विगतमा रातको समयमा मात्र चल्ने गरेको तर ग्रिडमा जडान भएसँगै विस्तार भएको हो ।

लिखु खोलाको पानी विगतमा अन्न पिस्ने मिल संचालका लागि प्रयोग गर्दै करिब १० किलोवाट क्षमताको विद्युत उत्पादनबाट नागरिकलाई उज्यालोमा राख्न सफल भएको पद्म बहादुर बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार पहिले रातको समयमा विद्युत बाल्ने गरेको तर दिनमा खेर जाने बताउदै राष्ट्रिय प्रशारणमा जोर्डिपछि स्रोतको सदुपयोग भएको र आम्दानी बढेको बताउनु भयो ।

विगतमा टुकि वत्तीका भरमा जीवन चलाउदै आएका महिला तथा टुकीकै उज्यालोमा बालबच्चा पढ्न बाध्य भएको श्रीमला बुढाथाकीले बताउनुभयो । लघु जलविद्युतबाट उज्यालो मात्र नभई ग्रिडमा जडान भएसगैँ आम्दानी समेत बढेको छ ।
राष्ट्रिय प्रसारणमा जडान भए पश्चात नुवाकोटको शिवपूरी गाउँपालिकामा रहेको स्याउरेभूमि लघु जलविद्यूत आयोजनाको अवस्था धेरै परिवर्तन भएको छ । २३ किलोवाट बराबर उत्पादनहुने विद्युत ग्रिडमा जडान भएसगैँ आम्दानी बढेको अध्यक्ष सुदर्शन बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार अहिले वार्षिक रुपमाकरिब ९ देखि १० लाख रुँपैया सम्म आम्दानी हुने गरेको छ ।

लघु जलविद्युत आयोजना संचालन गर्दा धेरै आर्थिक तथा शारीरिक दुःख भएपनि विस्तारै नागरिकलाई उर्जाको व्यवस्था तथा समुहलाई आर्थिक लाभ हुने एक सदस्यले बताउनुभयो ।

स्याउरेभूमी लघु जलविद्युत आयोजना प्राधिकरणको राष्ट्रिय प्रसारणमा जडान हुने १०० किलोवाट भन्दा कम क्षमताको पहिलो आयोजना रहेको छ ,। यससगैँ ताप्लेजुङ्गमा रहेकोे सोबुवा, लमजुङ्गको मिदिमखोला, धनकुटाको लेगुवा गरि २५३ किलोवाट प्राधिकरणको ग्रिडमा जडान भईसकेका छन् ।

वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले लघु जलविद्युत आयोजनालाई आफ्ना कार्यक्रममार्फत विशेष प्राथमिकतादिएको छ । आयोजनाको दिगोपना तथा उचितप ्रयोगका सम्बन्धमा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी यसो भन्नुहुन्छ  ।

नागरिकको जीवनस्तर उकास्न र उर्जामा पहुँच विस्तारसगैँ राष्ट्रिय प्रशारणमा जडान भएका आयोजनाको भविष्य सुखद रहेको ग्रामिण जीविकोपार्जनका लागि नविकरणीय उर्जाका राष्ट्रिय कार्यक्रम प्रवर्न्धक सतिश गौतमले बताउनुभयो । उहाँले आयोजनाको दिगोपनाका लागि ग्रीडमा जडान हुन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रशारणका लागि जडान हुन आवश्यक प्रविधिको क्षमता तथा पूर्वाधारका विषयमा प्राधिकरणले उचित निर्णय लिएमा झन् सहज हुने देखिएको छ । स्थानीय सरकार प्राकृतिक स्रोतको दीगो उपयोगका लागि नीति तथा कार्यक्रम. मार्फत सम्बोधन  गरेको शिवपूरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणले अन्य संचाल नभईसकेका लघु जलविद्युत आयोजनालाई पनि सम्भव भएसम्म छिटो राष्ट्रिय प्रशारणमा जोड्न सके वर्तमान समयमा एकाध रुपमा देखिएका उर्जा संकट तथाउद्योगको मागअनूरुपआपूर्ती व्यवस्थागर्न समेत सहजहुन सक्छ । लघु जलविद्युत आयोजनालाई ग्रीडमा जडान गर्ने विषयमा बहस पैरवी गरेपछिको ७वर्षको समय तथा बोर्डको निर्णय पश्चात लागेको ४ वर्षको समयले गर्दा स्याउरेभूमिको उत्पादनले समयमानै बजार पाउन नसकेको प्रसङ्ग स्मरण गर्दै अन्यआयोजनको हकमा यस्तो हुननदिने विज्ञहरुले बताएका छन् ।

लघु जलविद्युतबाट उत्पादन भएका उर्जाको सदुपयोगसगैँ लगानी भएको श्रम, समय र पुँजीको सदुपयोगका लागि उत्पादित उर्जा व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणमा जडान गर्नुपर्ने एन ई ए ईन्जिनियरिङ्ग कम्पनीका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो । स्थापनाको क्रममा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ३० लाख आर्थिक सहयोग प्राप्त गरेको तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपी अन्र्तगतको ग्रामीण जीविको पार्जनका लागि नविकरणीय उर्जा कार्यक्रमको प्राविधिक सहयोगमा स्याउरेभूमी आयोजना राष्ट्रिय प्रशारण आबद्ध भएको हो । विगतमा धान कुट्ने मिलसगैँ करिब १० किलोवाट विद्युत उत्पादन गर्ने गरेकोमा अहिले लघु जलविद्युत आयोजनाको संचालन गर्न सफलभएको छ ।
समुदायको मागअनुरुप संचालनमा आएका आयोजना निर्माणका लागि उपलब्ध पूर्वाधार, मेशीनरी सामान तथा औजार नेपालमै उत्पादन हुने भएकाले पनि सहजता आएको छ । नेपाल विद्युत प्राधिकरणले लघु जलविद्युतबाट उत्पादित उर्जाको शतप्रतिशत उपयोगका लागि ट्रान्समिसन लाईनको व्यवस्था गर्न सके दुरगामी लाभलिन सक्ने बताईएको छ ।

प्राधिकरणले भौगोलिक विकटता तथा पूर्वाधार निर्माणमा बढी लागतलाग्ने क्षेत्रमा लघु आयोजनाको विकासले नागरिकलाई उर्जा प्रयोग गर्न सहयोग पुगेको छ । जस अनुरुप नागरिकको दैनिकितथा स साना उद्योग संचालनले जीविकोपार्जनमा सहजता आएको छ । संचालनमा आएका लघु आयोजनको दिगोपना तथा निरन्तरताका लागि नीतिगत निर्णय, कागजी व्यवस्थातथा सम्भाव्यता अध्ययनका मापदण्ड तथा दायरालाई लघु तथा व्यवसायिक जलविद्युतको फरक फरक हुनुपर्ने सरोकारवालाले बताएका छन् ।

त्यससँगै प्राविधिक तथा व्यवहारिक पाटो, सुलभ प्रविधिको समयमानै व्यवस्थापन गनुपर्ने देखिएको छ । लघु जलविद्युत आयोजनको प्रर्वद्धनका लागि नयाँ प्रविधि, दक्ष जनशक्ति, सहज कागजी तथा प्रशासनिक कार्य र नीतिगत व्यवस्थामा सरकारले विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

 

Give Us Feedback