img2
वातावरण विभागद्वारा सवारी प्रदुषणको छड्के जाचँ

वातावरण विभागले काठमाडौ उपत्यकामा गुड्ने सवारी साधनको प्रदुषण जाचँलाई तिव्रता दिएको छ । सवारी साधनबाट निस्कने प्रदुषित धुवाँले वातावरण तथा मानव स्वास्थमा नकारात्मक असर परेकाले त्यसको न्युनीकरणका लागि विभागले अग्रसरता लिएको हो ।


विभागले यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरीसगँको सहकार्यमा आज बसुन्धारा क्षेत्रमा सवारी जाचँ गरेको हो । अहिले तीन हप्ताको समयमा विशेष अभियान चलाएर उपत्यकाका विभिन्न ठाउँमा सवारी साधनको जाचँ भईरहेको विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले जानकारी गराउनुभयो । उपत्यकाका सवारी साधनको धुवाँबाट निस्कने हानीकारक रसायनबाट मानिसलाई विभिन्न रोगका संक्रमण हुन सक्ने र वातावरणीत तत्व जसमा वायुको गुणस्तर घट्ने भएकाले कारवाही सहितको अभियान थालिएको हो । वातावरण विभाग नागरिकको स्वास्थ्यप्रति गम्भिर रहदै अनुगमन मात्र नभई आगामी वर्षका लागि रणनीति तयार गर्ने आधार निर्माण गर्न लागिएको महानिर्देशक सापकोटाले जानकारी गराउनुभयो । उहाँले प्रत्येक सवारी धनीले आफ्नो सवारी साधनबाट निस्कने धुवाँको समग समयमा अनिवार्य जाचँ गर्न आग्रह गर्नुभएको छ ।

अन्तर सरकारी निकायको सहकार्यमा जाचँ, जनचेतना अभिवृद्धि तथा प्रभावकारी अनुगमन भईरहेको र सो अवस्थामा फेल भएका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही समेत गरेको छ ।


जाचँका क्रममा ९४ सवारी साधन मध्ये ४७ डिजेलका तथा ४७ वटा पेट्रोलका साधन रहेका थिए । डिजेल सवारी साधन मध्ये ४ वटा र पेट्रोलको १७ वटा मात्र पास भएको विभागले बताएको छ । तुलनात्मक रुपमा सार्वजनिक सवारी साधन, ढुवानीका साधन बढी फेल भएका थिए । डिजेलबाट चल्ने सवारी साधन पास हुनका निम्ति एभरेज स्मोक ओपासिटी ६५ प्रतिशत भन्दा कम हुनुपर्ने तथा पेट्रोलका साधनको हकमा कार्वन मोनोअक्साईड ३ प्रतिशत र हाईड्रो कार्वन १००० पिपिएम भन्दा कम हुनु पर्नेछ ।


गत हप्ताबाट तिव्र रुपमा शुरु भएको सवारी प्रदुषण पश्चात सरोकारवाला निकायसँग छलफल गरि विशेष नीति तथा मापदण्डका लागि अध्ययन भईरहेको विभागले बताएको छ । एक पटक फेल भएका साधन पटक पटक दोहोरिएका त्यसलाई कडा कारवाही गर्ने यातायात व्यव्स्था विभागका प्रदुषण निरिक्षक रामेश्वर कट्टेलले बताउनुभयो । उहाँले सवारी साधनले लगाउने हरियो स्टिकर ट्राफिक प्रहरी वा नियामक निकायका लागि नभई सम्पूर्ण नागरिक तथा सवारी प्रयोगकर्ताको स्वास्थ तथा सफा वातावरणका लागि भएकाले यसमा संवेदनशिल हुन आग्रह गर्नुभयो ।

आगामी दिनमा पनि वातावरण विभागले अन्य निकायको सहकार्यमा विभिन्न स्थानमा सवारीको प्रदुषण परिक्षण गर्ने बताएको छ ।
 

 

Give Us Feedback