img2
काठमाडौमा वर्षा, धान रोप्नलाई केहि राहत

मंगलबार रातिदेखि परेको पानी बुधबार विहानसम्म नरोकिएपछि काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ । असारको अन्तिम साताको भईरहेको वर्षाले उपत्यका लगायत विभिन्न भू भागमा रोपाईका लागि केहि राहत भएको छ । किसानहरु खेतमा धान रोप्न, रापेका ठाँउमा गोड्न तथा कृषि काममा व्यस्त भएका छन् । 

जलवायु परिवर्तन लगायत विभिन्न कारणले पानी ढिला परेसगैँ मौसम तथा खेतीमा केहि सहजता आएको छ । नेपालको पूर्वी भाग तथा मध्यपश्चिममा परेको वर्षाले बाढी निम्त्याको छ । 

खेतीका लागि आकाशेपानीमा निर्भर रहने किसानलाई सहज भएपनि धेरैको जनजीवन प्रभावित भएको छ । तराईका विभिन्न स्थानमा भएका वर्षा र बाढीका कारण धेरै नागरिक क्रासमा रहेका छन् । 
 

Give Us Feedback