img2
सडक किनाराको बिरुवालाई प्रत्येक नागरिकले मेरो भन्न सक्नुपर्छ

शहरी सौन्र्दयताका लागि कलंकी कोटेश्वर सडक खण्डमा असार १४ गते रोपिएका बिरुवा हुर्काउने चिन्ता सबैलाई रहेको छ । करिब २६ सय भन्दा बढी रहेका बिरुवाको संरक्षण गर्ने, हुर्काउने, पानी हाल्ने तथा मलजल गर्ने दायित्व पहिलो बिरुवा नजिक रहेका स्थानीयवासी त्यसपछि सडक प्रयोग गर्ने प्रत्येक नागरिक तथा सरकारी निकायको रहेको छ ।

ईको सानचारसगँ कुरा गर्दै डिभिजन वन कार्यलय ललितपुरकी सहायक वन अधिकृत प्रेमा थापाले सडक सार्वजनिक भएपनि त्यसमा लगाईएका बिरुवा जोगाउनु सबै नागरिकको कर्तव्य रहेको बताउनुभयो । उहाँले सरकारी निकायले पूर्वाधार निर्माण तथा वृक्षरोपणको वातावरण तय गर्ने मुख्य काम भईसकेकाले यसलाई जोगाउन सबैको प्रयास आवश्यक रहेको बताउनुभयो । हामीले घरमा लगाईएका बिरुवालाई एकै किसिमले हुर्काउन त चुनौती हुने स्मरण गर्दै उहाँले सडक किनारका विरुवा, अहिले मौसममा आएको परिवर्तनका कारण देखिएका चुनौती सामना गर्न नागरिकको सानो प्रयासले पनि धेरै बिरुवा हुर्काउन सम्भव रहेको बताउनुभयो । वन तथा भू संरक्षण विभागका प्रतिनिधि तथा काठमाडौ तथा ललितपुर डिभिजन कार्यलयले विशेष अभियान संचालन गरिरहेको छ ।

वृक्षरोपणको उद्द्ेश्य तथा बिरुवा हुर्काउने  सम्बन्धमा उहाँका् विचार ।

 

 

Give Us Feedback