img2
चित्लाङ्गको घरबासमा पर्यटक बढेसगैँ खोल्सामा फोहरपनि थुप्रियो

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा रहेको चित्लाङ्गको प्रकृतिक सोन्र्दयता र घरवासको व्यवस्थाले आन्तरिक पर्यटकको संख्या बढेको छ । विभिन्न शहरी भु भागबाट शान्त वातावरण, प्रदुषणरहित हावा तथा नेपाली खानाको स्जादका लागि धेरैको रोजाईमा पर्ने गरेको छ । काठमाडौको बल्खु कुलेखानी हँुदै करिब ६० किलोमिटरको दुरी पार गरेपछि पुगिने चित्लाङ्गको मनोरम दृश्यले धेरैलाई आनन्द प्रदान गर्छ । चित्लाङ्गमा स्थापना भएका घरबास अर्थात होमस्टेमा बिदा मनाउन जान आन्तरिक पर्यटकको घुईचो थियो । परिवारिक जमघट वा साथीसगँको समुहमा जानेका लागि राम्रो आवास तथा खानाको व्यवस्था रहेको छ । ग्रामीण परिवेश र कच्ची सडक भएपनि पानी नपरेको समयमा दुई वा चारपाग्रे सवारी साधनमा सजिलै पुग्न सकिन्छ ।

गाउँले परिवेशको घर वा रिसोर्टको समेत झल्को दिने संरचना, पूर्वाधार तथा सुविधा रहेको छ । प्रत्येक शुक्रबार वा सार्वजनिक बिदाका दिन घुम्न आउने पर्यटकको चापले त्यहाँका मानिसको जीवनस्तर उकास्नमा सहयोग पुगेको छ । एउटा ५ जनाको समुहले करिब ६ हजार ५ सय बराबरको रकम खर्चेर स्थानीय उत्पादनसहितको स्वादिस्ट खाना, सुविधायुक्त आवासको उपयोग गर्दै एक रातको समय बिताउन सकिन्छ । धेरै नेवारी तथा तामाङ्ग समुदायको बाहुल्यता रहेको चित्लाङ्गको अतिथि सत्कार तथा बिदाईको पनि आफ्नै शैली रहेको छ ।
चित्लाङ्ग भ्रमण पछि धरैले नयाँ उर्जा प्राप्त गरेको अनुभुती गरेका छन् ।

खोल्सामा फोहरपनि थुप्रियो

चित्लाङ्गमा बढेको आन्तरिक पर्यटनका कारण नागरिकको आर्थिकस्तरमा परिवर्तन आएको छ तर त्उहि अनुरुपमा फोहर उत्पादन पनि बढेको छ । बाह्य पर्यटकले प्रयोग गरेका खाद्यान्न तथा चाउचाउ बिस्कुटका झोला पानीका बोतल, पेय पदार्थका बोतल यत्रतत्र फालिएका छन् । घरवास संचालकहरुले फोहर व्यवस्थापनमा खासै ध्यान दिएको पाईदैन । जंगल छेउका खोल्सा तथा ािना नदीमा फोहर जथाधावी फालेर वातावरणलाई कुरुप बनाईएइएको छ ।

फोहरमैला व्यवस्थापनका लागि स्थानीय वडा तथा नागरिकको खासै ध्यान गएको पाईदैन । खोल्सामा फालिएका फोहरको व्यवस्थापन गर्न निश्चित समुह बनाएर कुहिने तथा नकुहिने फोहरलाई व्यवस्थित गर्न आवश्यक देखिएको छ । प्राकृतिक सौन्र्दयताले भरिपूर्ण चित्लाङ्ग फोहर व्यवस्थापनमा देखिएको समस्या समयमानै समाधान नगरिए भयावह स्थिती र संक्रमण देखिने सक्नेमा स्थानीय सरकारको विशेष ध्यान जाओस् ।  

 

 

Give Us Feedback