img2
माक्सको प्रयोग किन र कसरी ???

काठमाडौ उपत्यका लगायत देशका प्रमुख शहरका नागरिकलाई माक्स अपरिहार्य बनेको छ । हामी मास्कको प्रयोग श्वास प्रश्वास प्रक्रियामा धुलो र रसायनजन्य पदार्थ  शशिर भित्र नजाओस् भनेर गर्दछौ ।

बजारमा विभिन्न प्रकारका मास्कहरु पाइन्छ । स्वास्थ्यप्रतिको संवेदनशिलता र आवश्यकता अनुसार हामी घरमानै पनि बनाउन सक्दछौ तर माक्स राम्रो संग प्रयोग नगरेको खण्डमा झनै खतरामा पर्न सक्दछ ।  त्यसैले मास्क प्रयोग गर्दा विभिन्न सावधानी अपनाउनु पर्ने हुन्छ । सबैभन्दा पहिला हामीले के(को लागि मास्क प्रयोग गरेको त्यो राम्रोसंग थाहा पाउनु पर्दछ । हामी हावामा मिसिएका धुलोका कणहरु, विभिन्न रसायनहरु, धुवा आदि चिजहरुबाट बच्नँ माक्सको प्रयोग  गर्छौ ।

हामीले रोक्ने वा बच्नु पर्ने चिज को प्रकृति अनुसार मास्क को आवश्यकता पर्दछ । सानो सानो धुलोको कणहरुलाई शरिर भित्र नजाओस भनेर रोक्न  मास्क प्रयोग गर्नु पर्दछ ।उपत्यकाको वातावरणमा १ माइक्रोन भन्दा सानो कण रोक्ने मास्क आवश्यकता पर्दछ । ठुलो धुलाको कण मात्र छ भने भने सोहि अनुसार मास्क को प्रयोग गर्नु पर्दछ। हामी धेरै मानिसकले नजानेर गाडीबाट निस्कने हानीककारक धुवा धुलो रोक्न साधारण किसिमको मास्क प्रयोग गरिरहेको पनि देख्न सक्दछौ ।

वास्तवमा त्ययस्तो मास्कले कत्तिपानी  काम नगरेको हुन सक्दछ किनकि त्यसमा धुलाको कण भन्दा ठुलो प्वाल हरु भएको हुन सक्दछ । धेरैले माक्सको महत्व र प्रभाव नबुझि लगाउने गरेको पनि भेटिन्छ । हानीकारक रसायन भएको ठाँउमापनि साधारण मास्क प्रयोग गरेको देखिन्छ, वास्तवमा

अर्को पक्ष हेर्ने हो भने माक्स प्रयोग गर्ने तरिकामापनि निकै ध्यान दिनु पर्दछ । कतिपय अवस्थामा मास्क प्रयोग गरे पनि अन्य तिरबाट हावा लिक भएर हाम्रो स्वास प्रस्वास प्रणालीमा गइरहेको हुन्छ ।  मास्क प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरामा मास्क प्रयोग पश्चात को सुरक्षित् भण्डारण हो । यदि मास्कलाई राम्रो संग भण्डारण नगरेको खण्डमा यसमा अन्य धुलो धुवा र रसायन टासिने तथा पुन यसको प्रयोग गर्दा स्वास प्रस्वास प्रक्रियासंगै हाम्रो शरीर भित्र  अनावश्यक चिज शरिर भित्र जान सक्दछ । बजारमा पाईने सस्ता माक्सले धुलोका कण रोक्छन् भन्ने छैन ।

अर्को ध्यान दिनुपर्ने कुरा मास्क कति समय सम्म प्रयोग गर्ने अथवा माक्सले कति समय सम्म राम्रो संग काम गर्दछ भन्ने हो । प्रदुषणको मात्रा र धुलोको प्रकृति अनुरुप माक्सको प्रयाृग गर्नुपर्ने हुन्छ । बजारमा पाईने कागजका माक्स १ दिन लगाएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । अन्य कपडाको माक्सपनि एक दिन लगाएपछि राम्ररी धोएर प्रयोग गर्नुपर्ने हुन्छ ।

अर्को ध्यान दिनुपर्ने कुरामा मास्क के वाट बनेको हो र यसमा कस्तो रंग प्रयोग भएको छ त्यसमा ध्यान दिनु हो । धेरैलाई माक्सको गन्ध र रंगका कारणलृ समेत एलर्र्जी हुन सक्छ । माक्स लगाएर हिड्दा विभिन्न एलर्जी, श्वास प्रश्वासका समस्याबाट बच्न सकिन्छ । वालवालिका र वृद्धका लागि माक्सको प्रयोग गर्दा विशेष प्रकारको जाली भएको माक्स प्रयोग गर्नुपर्ने हुन्छ । वातावरणमा वायुको गुणस्तर तथा धुलोको मात्राका आधारमा माक्सको छनौट गर्नुपर्ने हुन्छ ।

लेखक वातावरण विभागमा केमिस्टका रुपमा कार्यरत हुनुहुन्छ ।


 
   

 

Give Us Feedback