img2
बाँकेमा निरन्तर वर्षा, नाला थुनिएर सडकमा पानी

प्रदेश ५ को बाकेमा निरन्तर वर्षा र बाढीले नागरिकको जीवन प्रभावित भएको छ । बाढीले घर तथा सडक पूर्र डुबेको छ भने आवतजावतमा समस्या परेको छ । बुधबार केहिबेर पानी पर्न रोकिएपनि फेरि पर्न शुरु गरिएको हो । नेपालगञ्ज बजार क्षेत्रमा आवतजावत, व्यापार व्यवसाय गर्न समस्या रहेको स्थानीयवासी हेमन्त काफ्लेले जानकारी गराउनुभयो । उहाँका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले समयमानै डल व्यवस्थापन तथा नाला सफा गर्न नसकेकोले पानीको बहाब बढेको जानकार गराउनुभयो ।

स्थानीयवासीले नालामा प्लास्टिक, कागज, पूराना कपडा जथाभावी फालेर समस्या  सृजना भएको हो । नेपालगञ्जमा सानो पानी परिरहेता पनि बाढीको रुपमा नलिएका र जनजीवन सामान्य रहेको नगर उप प्रमुख उमा थापाले जानकारी गराउनुभयो । उहाँका अनुसार सम्भावित खतराका बारेमा नागरिकलाई पनि जानकारी गराईएको र उप महानगरपालिका पनि तयारी अवस्था रहेको बताउनुभयो ।
उपमहानगरले सडक किनाराका नाला समयमानै सफा गरेपनि अन्यत्रबाट फोहर बगाएर एक दुई स्थानमा समस्या देखिएको थापाले बताउनुभयो ।

बर्षेनी बाढीको क्रासमा बसीरहेका नागरिकले स्थानीय सरकारसगँ सम्भावित विपद्को व्यवस्थापनका लागि आग्रह गरेका छन् ।

 

 

Give Us Feedback