img2
रोपिएका बिरुवा जोगाउन, जनचेतना र झार उखेल्ने काम सम्पन्न

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले शहरी सौन्र्दयता कायम गर्न कलंकी कोटेश्वर सडक खण्डमा गरेको वृक्षरोपणमा विशेष ध्यान दिएको छ ।

असार १४ गते गरिएको वृक्षरोपण पश्चात बिरुवामो केज राख्ने, मल तथा पानीको व्यवस्था तथा रेखदेखको काममा वन तथा भू संरक्षण विभागले विशेष पहल गरिरेको उप महानिर्देशम डा राजेन्द्र के.सीले जानकारी गराउनु भयो  । उहाँका अनुसार बिरुवाको रेखदेख सरकारी निकाय भन्दापनि स्थानीयबासीले बढी जिम्मेवारी लिईदिन आग्रह गर्नुभएको छ ।
विभागले शनिवार रोपिएका विरुवा वरपरको झार उखेल्ने, गोडमेल गर्ने तथा अवस्थाबारे स्थलगत रुपमा हेरेको हो । नागरिकलाई जनचेतना अभिवृद्धि गर्दै प्रत्येक बिरुवालाई आफ्नो निजी सम्पत्तीकै रुपमा व्यवहार गर्न समेत आग्रह गरिएको छ ।

हरित तथा हराभरा शहर निर्माणका लागि गरिएको वृक्षरोपण क्षेत्रमा प्रत्येक बिहान तथा साझँमा विरुवाको वृद्धि हेर्ने, कुने कारणले बिरुवा मरेमा अर्को लगाउने तथा निरन्तर अनुगमन गर्ने गरिएको छ ।

Give Us Feedback